राराब कलेज जनकपुरको परीक्षा प्रविधि (Admin) दुरुपयोग गर्नेमाथि कारवाही हुन्छः प्रमुख डा. कर्ण
यदि कसैलाई दोषी ठहर गरिएमा प्रचलित नियमअनुसार कारबाही गरिने क्याम्पसले स्पष्ट पारेको छ। प्रशासनले भ्रामक र अपुष्ट सूचना नफैलाउन तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

२०८२ पुस २३ बुधबार, बेलुकी ६:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजको परिक्षा प्रविधि (अनलार्ईन फाराम एडमिन) दुरुपयोग गर्नेलाई पहिचान गरी कारवाही गर्ने क्याम्पस प्रमुख डा. बसन्त लाल कर्णले जनाएका छन् ।
मँगलबार राराब कलेजकै अगाडी एक पसलमा कलेजको एडमिन दुरुपयोग भएको भिडियो सार्वजनिक भएपनि क्याम्पस चिफ डा. कर्ण एक्सन लिँदै दोषीलाई पहिचान गरी कारवाही गर्ने प्रष्टयाएका छन् ।
प्रमुख डा. कर्णले राराब क्याम्पसको परीक्षासम्बन्धी भ्रामक सूचना फैलिएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको उल्लेख छ । क्याम्पस प्रशासनले यसप्रति एक्सन लिएको क्याम्पस चिफ कर्णद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधामको नाम जोडेर विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्याम्पसद्वारा जारी सूचनाअनुसार २०८२ पुस २२ गतेदेखि सामाजिक सञ्जालमा क्याम्पसका कर्मचारीमाथि दुर्व्यवहार तथा अपमानजनक शब्द प्रयोग गरिएको र यसले क्याम्पसको शान्तिपूर्ण परीक्षा सञ्चालन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरिएको छ। यस विषयलाई क्याम्पस प्रशासनले गम्भीर रूपमा लिँदै सम्बन्धित सबै पक्षसँग सत्य तथ्यको आधारमा अध्ययन गरिने जनाएको छ।
हाल सूचना प्रविधि शाखा अन्तर्गतका एक कर्मचारीमाथि आधारहीन आरोप लगाइएको भन्दै प्रशासनले त्यसप्रति आपत्ति जनाएको छ। सूचनामा उल्लेख भएअनुसार उक्त कर्मचारीको जिम्मामा रहेको युपिएस (UPS) प्रणालीमा समस्या देखिएपछि सो प्रणाली तत्काल मर्मतका लागि अर्को प्राविधिक कर्मचारीलाई जिम्मा दिइएको छ।
क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयसँग समन्वय गरी आवश्यक सुधार प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। साथै, सूचना प्रविधि क्षेत्रमा बेला–बेला देखिने प्राविधिक समस्याका कारण परीक्षा सञ्चालनका क्रममा उत्पन्न शंकाहरूको सत्यतथ्य पत्ता लगाउन त्रिवि परीक्षा नियन्त्रण कार्यालय, सूचना तथा प्रविधि शाखा र सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान गरिने जनाइएको छ।
यदि कसैलाई दोषी ठहर गरिएमा प्रचलित नियमअनुसार कारबाही गरिने क्याम्पसले स्पष्ट पारेको छ। प्रशासनले भ्रामक र अपुष्ट सूचना नफैलाउन तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…