सिरहाको हुलाकी राजमार्गमा सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीसँग ट्राफिक
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश साह, शिक्षकहरू, विद्यार्थीहरू र ट्राफिक प्रहरीका प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो। विद्यालय प्रशासनले ट्राफिक प्रहरीको यो पहललाई निकै सकारात्मक र प्रभावकारी ठानेको छ।

२०८२ पुस ८ मंगलबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा हुलाकी सडकमा हुने गरेको सवारी दुर्घटना न्यूनिकरणको लागि विद्यार्थीसँग ट्राफिक कार्यक्रम सम्पन्न गरिएको छ । सिरहाको वरियारपट्टिस्थित जनता उच्च माध्यमिक विद्यालय, दौरीपट्टिमा विद्यार्थीहरूसँग लक्षित ट्राफिक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा सिरहा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सीनाले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई ट्राफिक सचेतना गराएका थिए ।
हालैका दिनहरूमा हुलाकी सडक खण्डमा भएका सडक दुर्घटनाको चिन्ताजनक अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र सडक सचेतनाबारे प्रत्यक्ष अन्तरक्रिया गराइएको थियो।
ट्राफिक प्रमुख तिमिल्सीनाले भने, “दुर्घटना न्यूनीकरणमा विद्यार्थी समुदायको सक्रिय सहभागिता निकै महत्वपूर्ण छ। जिल्लाका सबै क्षेत्र, निकाय र वर्गले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ।”

उनले सामुदायिक स्तरमा ट्राफिक प्रहरीप्रति देखिएको सकारात्मक सोच र सहयोगका लागि पनि आभार व्यक्त गरे।
विद्यार्थी जनमत संघका अध्यक्ष पोशन यादवको समन्वयमा विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना दिइएको हो । नेता यादवले ट्राफिक प्रहरी सिरहासँग समन्वय गरी कार्यक्रम गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश साह, शिक्षकहरू, विद्यार्थीहरू र ट्राफिक प्रहरीका प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।
विद्यालय प्रशासनले ट्राफिक प्रहरीको यो पहललाई निकै सकारात्मक र प्रभावकारी ठानेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…