कमला नगरपालिकाभरिका स्कूलहरु अनिश्तिकालिन बन्द, तलब माग्दै शिक्षकहरु धर्नामा
शिक्षकहरुले तलबभत्ताको ग्यारेन्टी नगरेसम्म अनिश्चितकालिन विद्यालयहरु बन्द रहने अडान लिएका छन् भने नगर प्रमुख विशेश्वर यादवले एक महिनाको समय मागेका छन् । एक महिनामा तलबभत्ता खुवाउने उनले बताएका छन् । शिक्षकहरुले ग्यारेन्टी मागेपछि उनले ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएपछि शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिएका छन् । कमला नपा २ स्थित रहेको जनहित मावि विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवको सँयोजकत्वमा गठित शिक्षकहरुको आन्दोलन समितिले माग पुरा नभएसम्म विद्यालय नखुल्ने बताए ।

२०८२ पुस २ बुधबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको समुदायिक विद्यालयहरु अनिश्तिकालिन बन्द भएको छ ।
कमला नगरपालिकाले शिक्षहरुको तलब भत्ता नखुवाएको भन्दै नगरभरिका विद्यालयका शिक्षकहरु एकसाथ आन्दोलित भएका छन् । उनीहरु मँगलबारदेखि अनिश्तिकालिन धर्नामा बसेका हुन् ।
विद्यालयहरु बन्द गरी शिक्षकहरुले दैनिक नगरपालिकाको कार्यालय माचि झिटकैया अगाडी बसेर धर्ना सुरु गरेका छन् । उनीहरुले साउनदेखि आफूहरुको तलब भत्ता नदिएको भन्दै विरोध स्वरुप विद्यालयहरु बन्द गरी धर्नामा बसेका छन् ।
२०८२/०८३ को नगरसभा नभएको अवस्थामा कमला नगरपालिकाको कामकाज ठप्प रहेको छ । जनप्रतिनीधिहरुबीच विगत ९ बर्षदेखि चल्दै आएको आन्तरिक किचलोको प्रक्रिया अझै जारी रहँदा कमला नगरापालिका अनिर्णयको बन्दी बन्दै आएको छ ।
चालु आर्थिृक बर्षको लागि नगरसभाको कुनै तुक देखिएको छैनन्, नगरसभा नहुँदा शिक्षकहरुले तलब पाउन सकेका छैनन भने अन्य कर्मचारीहरुले समेत तलब भत्ता पाउन सकेका छैनन् ।
विभिन्न राजनीतिक पार्टी सम्मलित कार्यपालिका रहेको कमला नगरपालिकामा कार्यपालिकाले तलबको निर्णय गरिदिएपछि तलब खान पाउने व्यवस्था भएपनि कार्यपालिकामै किचलो भएको कारण नगरसभा समेत हुन सकेको छैनन् ।
शिक्षकहरुले तलबभत्ताको ग्यारेन्टी नगरेसम्म अनिश्चितकालिन विद्यालयहरु बन्द रहने अडान लिएका छन् भने नगर प्रमुख विशेश्वर यादवले एक महिनाको समय मागेका छन् । एक महिनामा तलबभत्ता खुवाउने उनले बताएका छन् । शिक्षकहरुले ग्यारेन्टी मागेपछि उनले ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएपछि शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिएका छन् ।
कमला नपा २ स्थित रहेको जनहित मावि विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवको सँयोजकत्वमा गठित शिक्षकहरुको आन्दोलन समितिले माग पुरा नभएसम्म विद्यालय नखुल्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…