न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा अत्याधुनिक मेसिन तथा राष्ट्रिय स्तरका जीम प्रशिक्षकहरु राखेर पहिलो पटक जीमखाना सँचालनमा ल्याएको छ ।
जनकपुरधामको तपसीचौक, जिरोमाइलस्थित “फ्रीडम फिटनेश–२” नामक जीमखाना सँचालनमा आएको हो । जनकपुरका जीतु यादव र अमित सिँहले सो जीमखाना सँचालनमा ल्याएका छन् ।
जनकपुरमा विभिन्न ठाउँमा जीमखानाहरु भएपनि अत्याधुनिक मेसिनहरु, अत्याधुनिक जीमका समानहरु, बुढापाखा र विशेष गरी महिलालाई समेत सहज सुविधा हुने गरी जीम सँचालनमा ल्याइएको सँचालक अमित सिँहले जानकारी दिए ।
तपसीचौक, जिरोमाइलमै रहेको फ्रीडम फिटनेश जीमखानामा अहिलेसम्म सबभन्दा अधिक महिलाहरु आउने गरेको बताइएको छ । दिनानुदिन बढदै गएको स्वास्थ्य समस्यालाई समेत निराकरणको लागि व्यायाम आवश्यक ठानेर कम समयमा शरिरको बनोट निको पार्न जीमखाना सँचालनमा ल्याएको सिँहले बताए ।
जीमखानामा दक्ष तथा अनुभवी प्रशिक्षकहरु राखिएको सँचालक समेत रहेका जितु यादवले बताए । उनका अनुसार, जीमखानामा दक्ष र अनुभवी प्रशिक्षक (जीम ट्रेनर) नभए जीम जानुको कुनै अर्थ नरहेको बताए । उनले आफ्नो जीमशालामा राष्ट्रिय स्तरका प्रशिक्षकहरु राखिएको बताए ।
उनले जीमशालामा सबभन्दा बढी युवकहरुले आकर्षक शरिर बनाउन, महिलाहरुले समेत आकर्षक शरिर बनाउन, मोटापा घटाउन, बिग्रेको शारिरिक ढाँचा ठिक पार्नको लागि आउने गरेको दाबी गरे ।
उनले जीमशाला सम्बन्धी फोन मार्फत नै कुनै जानकारी लिन चाहेमा 9708050517 नम्बरमा सम्पर्क गर्न सकिने बताए ।
देश फेरी दुर्घटना तर्फ जान सक्छः नेता प्रचण्ड
- २०८२ मङ्सिर २६ बिहीबार
न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत
पूरा पढ्नुहोस्

