सिरहामा एक युवतिको हत्या, बलात्कार गरी हत्या गरिएको आशंका
घटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शंका लागेर सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०८२ मंसिर २२ सोमबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवतिको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं.१ बस्ने एक १८ वर्षीया युवतिको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार युवतीको शव शंका लाग्दो अवस्थामा फेला परेपछि प्रहरीले घटनास्थल सुरक्षित गर्दै आवश्यक प्रक्रिया अघि बढाएको हो।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान र प्रमाण संकलनका लागि प्रशिक्षित कुकुर (स्निफर डग) बोलाएर घटनास्थलमा मुचुल्का गरिएको हो ।
घटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शंका लागेर सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शवको प्रकृति हेर्दा युवतिलाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने आशका स्थानीयहरुको छ । यद्यपी प्रहरीले भने यसको अहिले नै पुष्टि गर्न नसकिने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…