ईलाका प्रहरी कार्यालय दुहबी, धनुषाको अढाई तलाको नयाँ भवन शिलान्यास
पुरानो भवन जिर्ण भई दैनिक कामकाज कारवाहीमा कठिनाई भएको भन्दै ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको अढाई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।

२०८२ मंसिर २० शनिबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय दुहबीमा निर्माण हुन लागेको प्रहरी कार्यालयमा नयाँ भवन तथा आवास गृहको शिलान्यास भएको छ । उक्त भवनको शुक्रबार बिशेष समारोहकाबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवरले शिलान्यास गरेका छन ।
पुरानो भवन जिर्ण भई दैनिक कामकाज कारवाहीमा कठिनाई भएको भन्दै ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको अढाई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।
प्रहरी उपरीक्षक कुँवरसहित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको विशेष उपस्थितिमा भवनको लागि शिलान्यास (भूमिपूजन) गरिएको हो ।
सीमावर्ती ईलाका प्रहरी कार्यालय रहेको दुबहीमा नयाँ भवन बनेपछि यहाँ प्रहरीको दरबन्दी, जनशक्ति बढाइने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…