बारा कलैयाको यातायात अफिसमा हाकिम र खरिदारबीच कुटाकुट
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारा लगिएको बताए ।

२०८२ मंसिर १८ बिहीबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको कलैयास्थित यातायात कार्यालयमै कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबिच कुटाकुट भएको छ।
बुधबार साँझ साढे पाँच बजेतिर कार्यालयमै दुवै जनाबिच कुटाकुट भएको हो।
कुटाकुटबाट खरिदर सत्यनारायण साहको अनुहारमा चोट लागेको छ। चोटले उनको अनुहार सुन्निएको छ।कार्यालय प्रमुख दासको पनि अनुहारमा घाउ लागेको छ। कार्यालय मै कुटाकुट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारा लगिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…