सिरहाको उत्तरवाहिणी नन्दबाबा पुण्यशसीलामा महाकमला ब्याख्यान तथा भव्य कमला आरती
पण्डित मनिरामको वचनसँगै एक स्वरमा नारा समेत गुञ्जायमान भएको थियो । सँयोजक यादवको पहलकदमी, कमला बचाउ अभियानप्रति देखाएको तादरुकता र जागरण अभियानबाट प्रेरित भई पण्डितले उनलाई कमलापुत्रको संज्ञा दिए ।

२०८२ मंसिर १३ शनिबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला जलाधार संरक्षण अभियान (कमला बचाउ अभियान) अन्तर्गत प्रत्येक शुक्रबार हुँदै आएको कमला महिमा जागरण अभियान अन्तर्गत सिरहाको उत्तरवाहिणीमा कमला आरती गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित रहेको उत्तरवाहिणी नन्दबाबाको पुण्यसीलामा शुक्रबार महा कमला ब्याख्यान तथा भव्य संध्या आरती गरिएको कमला बचाउ अभियानका संयोजक विक्रम यादवले बताए ।
यादवका अनुसार, साप्ताहिक कमला महिमा जागरण अभियान अन्तर्गत उत्तरवाहिणीमा भव्य संध्या आरती गरिएको हो ।
स्थानीय कमला अभियानी बिनोद श्रेष्ठको पहलमा नन्द बाबा स्थलमा भव्य श्रीमद भागावत सप्ताहको अवसरमा कथा वाचक आचार्य पंडित मनीराम पोखरेल ले कमला पुत्र बिक्रम भनेर नामको उपाधी दिए ।
पण्डित मनिरामको वचनसँगै एक स्वरमा नारा समेत गुञ्जायमान भएको थियो । सँयोजक यादवको पहलकदमी, कमला बचाउ अभियानप्रति देखाएको तादरुकता र जागरण अभियानबाट प्रेरित भई पण्डितले उनलाई कमलापुत्रको संज्ञा दिए ।
कमला महिमा अध्यआत्मिक एवं पर्ययावारानीय सम्बाद यात्रा प्रत्येक शुक्रबार जारी रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…