विपी विचारधारामा नेविसँघ धनुषाको अन्तरक्रिया सम्पन्न
न्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । नेपाली राजनीतिका महामानव भनेर चिनिने विशेश्वर प्रसाद कोईरालाको विचारधारामा नेविसंघ धनुषाले अन्तरक्रिया कार्यक्रम गरेको छ । विपी कोईरालाको ३६ औँ स्मृति दिवसको अवसर पारेर पूर्व घोषित कार्यक्रम अनुसार जनकपुरमा विपी विचारधारामा केन्द्रीत रहेर अन्तरक्रिया कार्यक्रम गरेक

२०७५ साउन ८ मंगलबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ साउन । नेपाली राजनीतिका महामानव भनेर चिनिने विशेश्वर प्रसाद कोईरालाको विचारधारामा नेविसंघ धनुषाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विपी कोईरालाको ३६ औँ स्मृति दिवसको अवसर पारेर पूर्व घोषित कार्यक्रम अनुसार जनकपुरमा विपी विचारधारामा केन्द्रीत रहेर अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेविसंघ धनुषाका अध्यक्ष सँजय यादवको अध्यक्षता तथा प्रदेश नं. २ का प्रदेशसभा सदस्य नरेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न विपी विचार अन्तरक्रिया कार्यक्रममा नेता विपी कोईरालाले देखाएको बाटोमा हिडनुपर्ने धारणा राखिएको थियो ।
राजनीतिको दिग्गज मानिएका विपीको विचारलाई ग्रहण गरी आत्मसात गर्नुपर्ने बताइएको थियो ।
सो कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री नवल किशोर यादव लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…