बोर्डरमा ठाढी प्रहरीको कडा गस्ती, खैरो हेरोइनसहित एक युवक पक्राउ
ठाढी प्रहरीका प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटि गएको टोलीले प्रहरी हबल्दार प्रदीप कुमार यादवको विशेष सहयोगमा उनलाई खैरो हिराइनसहित पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका महरालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खजुरी पठाइएको हो ।

२०८२ मंसिर १ सोमबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको सीमावर्ती प्रहरी चौकी ठाढीले खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध ब्राउन सुगरसहित चेकजाँचको क्रममा एक युवकलाई पक्राउ गरिएको हो । आईतबार दिउँसो सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो ।
ठाढी प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्कामा ८ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित धनुषाधाम नगरपालिका–७ किसानपुरका २५ वर्षीय सिकेन्द्र महरालाई पक्राउ गरेको हो ।
आइतबार दिउँसो प्रहरी चौकी ठाढिबाट खटिएको टोलीले विदेह नगरपालिका–१ वडा कार्यालयको अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्दा महाराको साथबाट ब्राउन सुगर, प्रयोगमा आएको मोबाइल फोनलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरिरहेको प्रहरीले महारालाई पक्राउ गरी कडा कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ।
ठाढी प्रहरीका प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटि गएको टोलीले प्रहरी हबल्दार प्रदीप कुमार यादवको विशेष सहयोगमा उनलाई खैरो हिराइनसहित पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका महरालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खजुरी पठाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…