“नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी !
नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।

२०८२ कार्तिक २५ मंगलबार, दिउँसो ३:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘वाई-फाई 6G’ घोषणा गरेको छ ।
कम्पनीले नयाँ पुस्ताको लागि इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीको दाबी छ । भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ले हाल प्रचलनमा रहेको "वाई-फाई फाइभजी" प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च गति प्रदान गर्ने बताएको छ ।
कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई भरपर्दो कनेक्सन, अझ सहज पर्फमेन्स र विभिन्न डिभाइस तथा स्थानमा पहिलेभन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्नेछ ।
नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।
उनले भने, “वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।”
निम्न अनुसार रहेको छ 6G प्याकेजहरु :

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…