भोलीदेखि २५ गतेसम्म नेपाल भारत बोर्डर सील, आवागमन पूर्ण रुपमा बन्द रहने
सूचनामा आकस्मिक, मानवीय सेवा बाहेक अन्य सबै प्रकारको आवतजावत पूर्ण रुपमा बन्द रहने जनाइएको छ । भोली साँझ ६ बजेदेखि कार्तिक २५ गतेसम्मको साँझ ६ बजेसम्म आवागमन बन्द रहने भएको छ ।

२०८२ कार्तिक २१ शुक्रबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शनिबारदेखि नेपाल भारत सीमा बन्द हुने भएको छ । छिमेकी मुलुक भारतको बिहार राज्यमा ११ नोभेम्बरदेखि हुन लागेको चुनावलाई मध्यनजर गरी कार्तिक २२ गते शनिबारदेखि कार्तिक २५ गतेसम्म बन्द रहने जनाइएको छ ।
सीमावर्ती क्षेत्र बिहारमा दोस्रो चरणको चुनाव ११ नोभेम्बरमा हुने भएपछि जिल्ला प्रशासन कार्यालय धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत सीमावर्ती जिल्ला प्रशासनले बोर्डर बन्दको सूचना जारी गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…