जनकपुरमा आकाशे पुल

१० करोडको लगानीमा जनकपुर–ढल्केवर ६ लेन सडकमा तीनवटा आकाशे पुल बन्दै

२०८२ कार्तिक २२ शुक्रबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–ढल्केवर ६ लेन सडकखण्डमा विभिन्न स्थानहरूमा तीनवटा आकाशे पुल निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। करिब साढे १० करोड रुपैयाँको लागतमा सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामद्वारा सो पुल निर्माण कार्य भइरहेको हो।

व्यापारी राजमार्गका रूपमा परिचित सो सडकखण्डमा दैनिक अत्यधिक पैदल यात्रीको आवागमन हुने भएकाले जनसुरक्षा र सहज यातायात व्यवस्थापनका लागि तीनवटा आकाशे पुल निर्माणको पहल गरिएको हो।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महिला विकास चोक र सखुवा चोकमा दुईवटा, तथा लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एकवटा आकाशे पुल निर्माण भइरहेका छन्।

सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख डिभिजनल इन्जिनियर दरोगा प्रसादका अनुसार, महिला विकास चोकमा ३ करोड ३५ लाख रुपैयाँ, सखुवा चोकमा ३ करोड ५७ लाख रुपैयाँ, र लक्ष्मीनियामा ३ करोड ४२ लाख रुपैयाँ (भ्याटसहित) लागतमा दुई निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेका छन्।

उनका अनुसार, यी तीनवटै आकाशे पुल चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुलको उचाइ ५.६ मिटर, लम्बाइ २९.४ मिटर र चौडाइ ३ मिटर रहनेछ।

सडक डिभिजनका साईट इन्जिनियर उज्जवल झाले जनकपुर न्यूज ब्यूरो नेपालसँग कुरा गर्दै भने, “निर्माण कार्य योजना अनुसार अघि बढिरहेको छ। आकाशे पुल निर्माण सम्पन्न भएपछि पैदल यात्रुहरूको सुरक्षा, दुर्घटना न्यूनीकरण र सडक पार गर्ने सहजता बढ्नेछ।”

स्थानीयवासीहरूले पनि लामो समयदेखि आकाशे पुलको माग गर्दै आएका थिए। निर्माण सम्पन्न भएपछि जनकपुर–ढल्केवर सडकखण्डमा दैनिक भीडभाड व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

  • 1%
  • 0%
  • 0%
  • 75%
  • 0%
  • 0%

मधेशका पूर्व सभामुख रामचन्द्र मण्डललाई मातृशोक 

  • २०८२ कार्तिक २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व सभामुख रामचन्द्र मण्डललाई मातृशोक परेको छ । उनकी आमा शितलदेवी मण्डलको आज निधन भएको हो ।  धनुषा निर्वाचन क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार

पूरा पढ्नुहोस्

Bureau Menus