सर्लाही गोडैतामा मेयर कपको विषयमा विवाद, हेडमास्टर चौधरीमाथि मुक्का प्रहार

२०८२ कार्तिक २० बुधबार
बेलुकी ७:१७ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, सर्लाही ।  गोडैता नगरपालिका–स्थित श्री वेणी भोला नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौधरीमाथि स्थानीय युवाद्वारा मुक्का प्रहार भएको छ । 

प्रधानाध्यापक चौधरीका अनुसार मेयर कपको विषयमा विद्यालयमा भएको छलफलका क्रममा स्थानीय कृष्णनन्दन झा नामका व्यक्तिले अचानक मुखमा मुक्का प्रहार गरेका थिए।

घटना गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव र शिक्षा अधिकृत निरज खडका उपस्थित रहँदा भएको बताइएको छ।

विद्यालयको खेलकुद मैदान मेयर कपका लागि नगरपालिकालाई उपलब्ध गराउने विषयमा सामान्य विवाद हुँदा झा र चौधरीबीच वादविवाद चर्किएको थियो। चौधरीले आफू माथि हातपातको प्रयास भएको भन्दै भोलि बिहान स्टाफ मिटिङपछि न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिने बताएका छन्।

घटनापछि पक्राउ परेका झालाई प्रहरीले जमानतमा रिहा गरेको छ। प्रहरी चौकी गोडैताका अनुसार भोलि बिहान पीडित पक्षसँगको छलफलपछि कानुनी प्रक्रिया अघि बढाइनेछ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले घटनाको सत्यतथ्य छानबिन गर्न भोलि सबै जनप्रतिनिधिहरूको उपस्थितिमा बैठक बस्ने बताएका छन्।
 “नगरपालिकामा वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम चलिरहेको कारण तत्काल छलफल हुन सकेन, भोलि प्रत्यक्ष रूपमा समीक्षा गरिन्छ,” मेयर यादवले भने।
विवाद विद्यालयको खेलमैदानबीच जडान गरिएको पोल र रात्री बत्ती हटाउने विषयमा भएको बुझिएको छ।

 विद्यालयले आफ्नै लागतमा पोल र सिसिटिभी जडान गरेको र मेयर कप सञ्चालनका लागि ती पोल हटाउनुपर्ने देखिएपछि विवाद सुरु भएको थियो।
घटनापछि प्रहरी तत्काल विद्यालयमा पुगेको र घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यता आरोपित झाले भने आफू दोषी नभएको र यदि गल्ती सिद्ध भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

आफ्नै धर्म–संस्कृति बचाउन असक्षम, असफल ‘हिन्दु सम्राट नेपाल’

  • २०८२ कार्तिक २० बुधबार

जनकपुरधामलाई मिथिला–मधेशको धार्मिक राजधानी मानिन्छ । राम–सीताको विवाहस्थल, जानकी मन्दिर, १२ बर्से मेला, छठ, झिझिया, विद्यापति पर्व जस्ता परम्परागत सांस्कृतिक कार्यकम यहाँका पहिचान हुन् । यही पवित्र नगरीमा सहरकै आत्मा

पूरा पढ्नुहोस्

Bureau Menus