सिरहामा लागुऔषधसहित एक युवक पक्राउ

२०८२ कार्तिक १९ मंगलबार
रति ८:३० बजे
सबिन यादव

न्यूज ब्यूरो,सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालय नजिकबाट लागुऔषधसहित एक युवकलाई त्रफाउ गरेको छ । 

सो स्थानमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक नन्दु राउत  र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८२ साल कार्तिक १८ गते साँझ करिब ५ः२० बजे विद्यालय परिसर वरिपरि खोजतलासी गरेको थियो।

सोधपुछका क्रममा गोलबजार नगरपालिका–१०, दशई महाजन टोल निवासी अनुरुद सिंहका छोरा वर्ष २० का रुपेश सिंह प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएपछि उनको शरीर खानतलासी गर्दा दाहिने हातमा रहेको कालो प्लास्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। 

फेला परेको लागुऔषधको प्लास्टिकसहित तौल २ ग्राम ६४० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १३० मिलिग्राम रहेको बताइएको छ।
पक्राउ परेका रुपेश सिंहलाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८२ कार्तिक १९ मंगलबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus