जनमतका नेता साहले बाँडे कमला नपाका छठ व्रतालुलाई साडी
छठ पर्व व्रत बस्ने व्रतालु र वृद्ध, वृद्धा महिलाहरु लाई विशेष लक्षित गरि आयोजना गरिएको थियो। यस कार्यक्रमको सफलताको लागि यस गाउँका हरेक व्यक्तिले सहयोग गरेका थिए। कार्यक्रम अन्त्य पश्चात् गाउँ व्यक्तिहरुले खुशी व्यक्त गरेका थिए।

२०८२ कार्तिक १० सोमबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको महान पर्व भनिएको छठ व्रतालुलाई जनमतका युवा नेता दिनेश साहले साडी वितरण गरेका छन् ।
छठ पर्वको अवसर पारेर व्रतालुहरुलाई धनुषा निर्वाचन क्षेत्र नं. औरही गाउँपालिकाका जनमत पार्टीका युवा नेता साहले कमला नगरपालिका वडा नं. १ मँगराहा टोलका व्रतालु महिलाहरुलाई साडी वितरण गरेको हो ।
साहले करिब ६० जना व्रतालु महिलालाई साडी वितरण गरेको जनाइएको छ । सदियौँदेखि छठ व्रत गर्ने विपन्न परिवारका व्रतालुलाई साडी वितरण गरिएको स्थानीय समेत रहेका विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य एवम् राजर्षि जनक विश्वविद्यालय समिति, विद्यार्थी जनमत संघका सभापति एवं स्ववियु सभापति पदको प्रत्यासी सशिकान्त मंडलले बताए। दिनेश साहु जनमत पार्टीको तर्फबाट धनुषा क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्यको प्रत्यासी हुन् ।
मंगराहा गाउँका बुद्धिजिवि, युवा, महिला र वृद्ध, वृद्धाहरुको बाक्लो उपस्थिति रहेको थियो। आयोजक समुहले कार्यक्रम छोटो रूपले गर्न खोजेपनी यस समाजको बाक्लो उपस्थितिले कार्यक्रम लामो समय सम्म चलेको थियो।
छठ पर्व व्रत बस्ने व्रतालु र वृद्ध, वृद्धा महिलाहरु लाई विशेष लक्षित गरि आयोजना गरिएको थियो। यस कार्यक्रमको सफलताको लागि यस गाउँका हरेक व्यक्तिले सहयोग गरेका थिए। कार्यक्रम अन्त्य पश्चात् गाउँ व्यक्तिहरुले खुशी व्यक्त गरेका थिए।
साडी वितर(ाको क्रममा दाता साहले यस्ता कार्यक्रमहरु अगामी दिनहरुमा पनि भव्य रूपमा हुने घोषणा गरे । गाउँका व्यक्तिहरुले यस सकारात्मक कदमको प्रशंसा गरेका छन्। कार्यक्रममा साहुले आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए भने सशिकान्त मंडलले कार्यक्रममा आफ्ना मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…