आज रातीदेखि नागरिक एपबाटै मतदाता नामावली दर्ता गर्न सकिने
न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नागरिक एपमा यो सेवा प्रारम्भ गर्न लागिएको हो। यस नयाँ सेवामार्फत नागरिकहरूले आफ्

२०८२ असोज ३१ शुक्रबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नागरिक एपमा यो सेवा प्रारम्भ गर्न लागिएको हो।
यस नयाँ सेवामार्फत नागरिकहरूले आफ्नो पायक पर्ने जिल्ला निर्वाचन कार्यालय चयन गरी अनलाइनमार्फत प्रि-इनरोलमेन्ट फारम भर्न सक्ने नागरिक एपले जनाएको छ।
एपका अनुसार, पहिले नै मतदाता नामावलीमा नाम दर्ता गरिसकेका व्यक्तिहरूले पुनः नाम दर्ता गर्नुपर्ने छैन। तर यो सेवा प्रयोग गर्नका लागि नागरिक एपको नयाँ संस्करण (v2.0.84) अनिवार्य रूपमा अपडेट गर्नुपर्नेछ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य जारी राखेको छ। यसै सन्दर्भमा आयोगले आफ्नो वेबसाइटमार्फत पनि प्रि-इनरोलमेन्ट सेवा सुरु गरिसकेको जनाएको छ।
अनलाइन फारम भरेपछि फोटो खिचाउने र बायोमेट्रिक विवरण दिने मिति र स्थानबारे जानकारी प्राप्त गरी तोकिएको समयमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने नागरिक एपले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…