अभिभावक गुमाएका सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवको साहारा
हरेसी मण्डल पाँच जनाको परिवारका एकमात्र आय स्रोत थिए । उनका तीन सन्तान – १५ वर्षीया छोरी, १२ वर्षका छोरा र ९ वर्षका अर्का छोरा छन् । पत्नीको उमेर ३७ वर्ष रहेको छ । परिवारको गुजारा अत्यन्तै कठिन अवस्थामा रहेको बेला अभिभावकको निधनले उनीहरूलाई अझै गहिरो संकटमा पारेको छ ।

२०८२ असोज २७ सोमबार, दिउँसो १:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका–५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवारको पीडामा अभियन्ता शैलैन्द्र यादव साहारा बनेका छन् ।
स्थानीय हरेसी मण्डलको असमायिक निधनपछि उनको परिवार आर्थिक चपेटामा परेका हुन् । आर्थिक अभावको कारण दुई छाक खान लगाउन समेत समस्या भएपछि अभियन्ता यादव साहाराको रुपमा उभिएका छन् ।
हरेसी मण्डल पाँच जनाको परिवारका एकमात्र आय स्रोत थिए । उनका तीन सन्तान – १५ वर्षीया छोरी, १२ वर्षका छोरा र ९ वर्षका अर्का छोरा छन् । पत्नीको उमेर ३७ वर्ष रहेको छ । परिवारको गुजारा अत्यन्तै कठिन अवस्थामा रहेको बेला अभिभावकको निधनले उनीहरूलाई अझै गहिरो संकटमा पारेको छ ।
हरेसी मण्डलको मृत्युपछि धर्म अनुसार आवश्यक विधिहरू सम्पन्न गर्नुपर्ने भए तापनि आर्थिक अभावले गर्दा परिवार निकै अप्ठ्यारोमा परेका थिए । यस्तो अवस्थामा स्थानीय समाजिक अभियन्ता शैलेन्द्र यादव अगाडि आएर सहयोगको अभियान थाले । सामाजिक सञ्जालमार्फत चन्दा संकलनको अपिल गरेका यादवले १२ दिनभित्रमा रू. १ लाख ५० हजार ६४० संकलन गर्न सफल भए ।
संकलित रकममार्फत मृतकको अन्त्येष्टि तथा धर्मअनुसारका सबै काजकिरिया विधिपूर्वक सम्पन्न गरियो । साथै, हरेसी मण्डलले समाजबाट लिएको कर्जा पनि सोही रकमबाट तिरिएको अभियन्ता यादवले जानकारी दिए ।
तर, चुनौती यतिमा मात्र सीमित छैन् । मृतकको परिवार हाल ४ धुर जमिनमा बसोबास गर्दै आएको छ, जुन अन्य व्यक्तिको नाममा रहेको बताइएको छ । सो जमिन परिवारको नाममा फिर्ता गराउनका लागि समाजिक अभियन्ता यादवको पहलमा कार्य अघि बढिरहेको छ ।
समाजका अन्य सहयोगी मनहरूलाई समेत उनले अपिल गर्दै भने, “यो परिवार अझै गहिरो संकटमा छ । स्थायी आवास, बालबालिकाको शिक्षा र जीविकोपार्जनका लागि थप सहयोग आवश्यक छ । सबैले सक्दो सहयोग गरौँ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…