पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृत गौत्तममाथि कालोमोसो, काम नगरिदिएको आरोप 

२०८२ असोज २१ मंगलबार
बेलुकी ७:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  कानुन विपरित भूक्तानीमा सहयोग नगरिदिएको आरोपमा भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखापाल माथि कालोमोसो दलिएको छ । 

सोमबार चन्द्रनिगाहपुरको एक होटलमा बसिरहेको कार्यालयमा लेखा अधिकृत सुदीप गौतममाथि कालोमोसो दलिएको हो । 

पछिल्लो लामो समयदेखि कानुन विपरितको भूक्तानी गर्न लेख प्रमुखमाथि दबाब बनाएका बिक्की पाण्डेले सोमबार आक्रोसित हुदैँ कालोमोसो दलेको आरोप छ। 

प्रत्यक्षदर्शीका अनुसार सोमबार एक होटलमा बसेको लेखा अधिकृत गौतमलाई भेट्ने भन्दैँ नेकपा माओवादी निकट मानिने बिक्की पाण्डे होटल पसेका थिए । होटल बाहिर केहि समूहहरुलाई राखेर अधिकृत गौतमलाई कुरेर बसेको र अधिकृत गौतम सहित केहि ब्यक्ति बसेको होटलको क्याविनमा एक्कासि छिरेर कालोमोसो दलेको बताइएको छ ।

सुरुमा हातपात गर्ने योजनामा रहेको सो समूहहरु गुण्डागर्दी शैलीमा कालोमोसो दलिएको होटलमै रहेको एकजना प्रत्यक्षदर्शीले बताएका हुन् । 

स्रोतका अनुसार बिक्की पाण्डे भनिने व्यक्ति समूहले केहि समय अघि सो कार्यालयबाट काम गरेको थियो । तर सो काम उनीहरुको प्रक्रिया नमिलेपनि भूक्तानी मागिएको दाबी छ । पछि प्रक्रिया मिलाउन भन्दैँ अर्कै कुनै समूहले लेखा अधिकृतको गौतमको नाम कमिसन लिएको पाइएको थियो । आफूँसँग कुनै कनेक्सन नै नरहेको व्यक्तिले कमिसन लिएको भइपनि आफूँमाथि लगाइएको अधिकृत गौतमको भनाई छ । 

यो विषयसँग मेरो कुनै लेनादेना नै छैन्, पुर्वाग्रह राखेर मेरो नाम मुँछिएको छ । अधिकृत गौतमले भने उनले जसले लिएको छ त्यो व्यक्तिसँग मिलाउनु भन्दैँ आग्रह गरिएपनि दोस थुपारेर आफूँमाथि यस्तो गैरकानुनी घटना घटाइएको छ । 

विवादित पृष्ठभूमिका पाण्डे
अधिकृत गौतममाथि कालोमोसो दलिने बिक्की पाण्डे समूह विवादित पृष्ठभूमिको रहेको पाइएको छ । स्रोतका अनुसार केही समय उनी एकजना नाबालिक युवतिसँग विवाह गरेर उनीमाथि पटक पटक घरेलु हिंसा समेत गरेको थियो । पछि सो युवती बालिक भएपछि डिर्भोस लिई देशवाहिर उडेको स्रोतको भनाई छ । 

त्यस्तै पछिल्लो समय उनी विभिन्न कार्यालयको काम लिने माफियागिरीमा उत्रेको नजिकबाट चिन्नेहरुको दाबी छ । काम लिने, काम नगर्ने र अनावश्यक विवाद समेत खडा गरी भूक्तानी लिने गरेको पाइएको छ । 

त्यस्तै जेनजी प्रदर्शनको आँडमा सरकारी कार्यालय र नेपाली काँगे्रसका प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिम्लिसनाको घरमा समेत आगजानी गरेको पाइएको छ । साथै पाण्डेले सोही घरमा रहेको सरकारी कार्यालय र सरकारी गाडीहरुमा समेत आगजनी गरेको थियो । साथै, काम नगर्ने कर्मचारीमा जाईलाग्ने हुलहुज्जत र बेज्जती समेत गर्ने गरेको स्रोतको भनाई छ । उनी विरुद्ध रौतहटको विभिन्न स्थानमा जाहेरी, मुद्दा र निवेदन रहेको पाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ असोज २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus