जनकपुर रुपैठाको तेलिया पोखरी जसरी पनि खाली हुनुपर्छः मेयर साह
तेलिया पोखरीको डीलमा बनाइएको अवैध संरचना हटाउनको लागि पटक पटक वडाध्यक्षलाई पत्राचार गरेको बताउँदै मेयरले वडाध्यक्षले कुनै कारवाही नगरे नगर प्रहरी लगाएर अतिक्रमणमुक्त गराउने बताए ।

२०८२ असोज १९ आइतबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले रुपैठाको तेलिया पोखरी सम्झौता र सहमति बमोजिम खाली हुनुपर्ने बताएका छन् ।
न्यूज ब्यूरोमा मेयरले चासो नलिएको समाचार आएपछि मेयर साहले विगतमा भएको सर्वपक्षिय सहमति अनुसार तेलिया पोखरीको अतिक्रमण खाली हुनुपर्ने बताए । उनले प्रशासनको रोहबरमै भएको सहमति कार्यन्वयन गर्न आफू प्रयासरत रहेको बताए ।
तेलिया पोखरीको डीलमा बनाइएको अवैध संरचना हटाउनको लागि पटक पटक वडाध्यक्षलाई पत्राचार गरेको बताउँदै मेयरले वडाध्यक्षले कुनै कारवाही नगरे नगर प्रहरी लगाएर अतिक्रमणमुक्त गराउने बताए ।
अहिले दुई पक्षबीच तनाव उत्पन्न भएको सन्दर्भमा उनले मुस्लिम पक्षले बनाएको अवैद्य संचरना हटाउनुपर्ने बताए । उनले नगरपालिकाले अब आफैँ अग्रसर भएर तेलिया पोखरीको अतिक्रमित जग्गा खाली गर्ने बताए ।
उनले सहमति कार्यन्वयनको लागि वडाध्यक्ष अग्रसर हुनुपर्नेमा त्यस्तो नगरिदा समस्या आएको बताए । वडा नं. २० का वडाध्यक्ष मोति कवारी रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…