जनकपुर रुपैठाको तेलिया पोखरी जसरी पनि खाली हुनुपर्छः मेयर साह

२०८२ असोज १९ आइतबार
बेलुकी ७:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले रुपैठाको तेलिया पोखरी सम्झौता र सहमति बमोजिम खाली हुनुपर्ने बताएका छन् । 

न्यूज ब्यूरोमा मेयरले चासो नलिएको समाचार आएपछि मेयर साहले विगतमा भएको सर्वपक्षिय सहमति अनुसार तेलिया पोखरीको अतिक्रमण खाली हुनुपर्ने बताए । उनले प्रशासनको रोहबरमै भएको सहमति कार्यन्वयन गर्न आफू प्रयासरत रहेको बताए । 

तेलिया पोखरीको डीलमा बनाइएको अवैध संरचना हटाउनको लागि पटक पटक वडाध्यक्षलाई पत्राचार गरेको बताउँदै मेयरले वडाध्यक्षले कुनै कारवाही नगरे नगर प्रहरी लगाएर अतिक्रमणमुक्त गराउने बताए । 

अहिले दुई पक्षबीच तनाव उत्पन्न भएको सन्दर्भमा उनले मुस्लिम पक्षले बनाएको अवैद्य संचरना हटाउनुपर्ने बताए । उनले नगरपालिकाले अब आफैँ अग्रसर भएर तेलिया पोखरीको अतिक्रमित जग्गा खाली गर्ने बताए । 

उनले सहमति कार्यन्वयनको लागि वडाध्यक्ष अग्रसर हुनुपर्नेमा त्यस्तो नगरिदा समस्या आएको बताए । वडा नं. २० का वडाध्यक्ष मोति कवारी रहेका छन् । 

  • 3%
  • 93%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८२ असोज १९ आइतबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus