जनकपुरमा बाढीले बगाएर एक जनाको मृत्यू, नदीमा लास फेला
अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सागर कार्कीको नेतृत्वको टोली घटनास्थल पुगेको हो । विपद् व्यवस्थापन समितिको टोली समेत घटनास्थल पुग्न लागेको हो । मृतकको सनाखत भने हुन सकेको छैनन् ।

२०८२ असोज १९ आइतबार, दिउँसो १२:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाको कारण आएको बाढीले बगाएर जनकपुरमा एक जनाको मृत्यू भएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ पुरनदहियास्थित खोलामा एक जनाको शव फेला परेको हो । खोलाले बगाएर ल्याएको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो ।
स्थानीयहरुले खेततर्फ गएको बेला नदीमा बगाएर ल्याएको मानिस मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सागर कार्कीको नेतृत्वको टोली घटनास्थल पुगेको हो । विपद् व्यवस्थापन समितिको टोली समेत घटनास्थल पुग्न लागेको हो ।
मृतकको सनाखत भने हुन सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…