
न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाको कारण आएको बाढीले बगाएर जनकपुरमा एक जनाको मृत्यू भएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ पुरनदहियास्थित खोलामा एक जनाको शव फेला परेको हो । खोलाले बगाएर ल्याएको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो ।
स्थानीयहरुले खेततर्फ गएको बेला नदीमा बगाएर ल्याएको मानिस मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सागर कार्कीको नेतृत्वको टोली घटनास्थल पुगेको हो । विपद् व्यवस्थापन समितिको टोली समेत घटनास्थल पुग्न लागेको हो ।
मृतकको सनाखत भने हुन सकेको छैनन् ।
एकै साथ तीन एआइजीको गीतमा सन्तोष राजको संगीत
- २०८२ असोज १९ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली, भोजपुरी तथा मैथिली गीत–संगीत क्षेत्रमा कार्य गर्दै आएका संगीतकार सन्तोष राज सहनीले एकैपटक तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का गीतमा संगीत भर्ने भएका छन्। नेपाल
पूरा पढ्नुहोस्