जनकपुरका मेयर साहको दोहोरो चरित्रले पुनः दुई समुदायबीच तनावको अवस्था

२०८२ असोज १९ आइतबार
दिउसो १२:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको दोहोरो चरित्रले जनकपुरमा पुनः दुई समुदायबीच तनावको अवस्था सृजना भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम पक्षले छठ पोखरीको डीलमा पुनः संरचना बनाउने प्रयास गर्न थालेपछि दुई पक्षबीच तनावको अवस्था सृजना भएको हो । 

जनकपुरका मेयर मनोज साहले विगतमा गरेका सम्झौता, भएका सहमति कार्यन्वयन गर्न नसक्दा पटक पटक दुई समुदायबीच तनाव उत्पन्न हुने गरेको छ । रुपैठामा रहेको तेलिया पोखरीको डीलमा अतिक्रण गरी मुस्लिम पक्षले बनाएको टहरा खाली गर्नको लागि धनुषा प्रशासन, वडाध्यक्ष र दुवै पक्षका अगुवाहरुबीच सहमति भएको थियो । त्यो सहमति कार्यन्वयन हुन नसक्दा विवाद चुलिदै आएको छ । 

गत गणेश पूजामा समेत झडप हुँदा अर्को सहमति भएको थियो । पुनः सोही सहमति कार्यन्वयन नहुँदा दुर्गा पूजामा तनाव उत्पन्न भयो । दुर्गा मूर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडपको क्रममा मुस्लिमहरुले बलपूर्वक अतिक्रमण गरी बनाएको पोखरीको डीलको टहरा जलाइएको थियो । त्यहाँ सहमति अनुसार खाली हुनुपर्नेमा खाली भने अझै हुन सकेको छैनन् । 

मुस्लिम समुदायले पुनः त्यहाँ टहरा बनाउनको लागि रातीदेखि नै बाँस खसाउन थालेको आरोप हिन्दु पक्षको छ । बाँस खसालेर पुनः अतिक्रमण गरी नयाँ संरचना बनाउने बल मुस्लिम पक्षले लगाएको आरोप छ । उनीहरुले सहमति कार्यन्वयन गर्न नचाहेर तनाव सृजना गर्न खोजेको आरोप लगाएको छ । 

हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, जनकपुरका मेयर मनोज साहले हिन्दु पक्षलाई पोखरी खाली गर्न पत्र काटेको हावाला दिन्छन भने मुस्लिम पक्षलाई खाली गर्नुपर्दैन भनेर दोहोरो चरित्र प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो । 

हिन्दुहरुको छठ पोखरी खाली भएपछि दुई समुदायबीचको तनाव अन्त्य हुने जानकारहरु बताउँछन् । हिन्दुहरुको छठ पोखरीको डील अतिक्रण नै झगडा, विवादको मुख्य जडो रहेको बताइन्छ । 

प्रशासनसँग भएको सहमति कार्यन्वन गराउन धनुषाका सिडिओ र एसपी समेत असफल साबित भएका छन् । एक महिनामा समेत निर्णय कार्यन्वयन हुन सकेको छैनन् । 

यता, जनकपुरका नगर प्रहरीले भने अतिक्रमण गरिएको पोखरीमा पुनः संचरना बनाउन नदिन मोटो सँख्यामा प्रहरी परिचालन गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी समेत त्यहाँ अहिले परिचालन गरिएको छ । 

  • 0%
  • 0%
  • 13%
  • 0%
  • 0%
  • 38%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ असोज १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus