धनुषाका पत्रकार कुशवाहामाथि प्रहरी यादवद्वारा दुव्र्यवहार, महासंघको ध्यानाकर्षण

२०८२ असोज १८ शनिबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा सञ्चालित दूधमती मिडिया प्रा.लि. का सञ्चालक तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य अनिल कुशवाहामाथि प्रहरीले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका अनुसार गत असोज १३ गते कुशवाहामाथि रिपोर्टिङका क्रममा प्रहरीबाट ज्यादती भएको हो। स्थानीय व्यवसायीको भनाइ समाजिक सँजाल फेसबुकमा सार्वजनिक गरेको निहुँमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादवले खटाएका प्रहरी टोलीले दूधमती एफएममा प्रवेश गरी केहीबेर प्रसारण अबरुद्ध गराउनुका साथै पत्रकारलाई कार्यालयमा बोलाई गालीगलौज र थुन्ने धम्की दिएका थिए।

पिडित पत्रकारले महासंघलाई दिएको जानकारीअनुसार, सो क्रममा प्रहरीको व्यवहार अपमानजनक र धम्कीपूर्ण थियो। घटनाको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भनेको छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी अधिकारीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। साथै, पत्रकारमाथिको यस्तो कृत्यले स्वतन्त्र सञ्चार माध्यममाथि भय र दबाब सिर्जना गर्ने चेतावनी पनि दिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

मधेश प्रदेशमा राजीनामाबाट पछि हटे विपक्षी दल, मुख्यमन्त्री र मन्त्रीको राजीनामा नमाग्ने 

  • २०८२ असोज १८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सभा सञ्चालन गर्न विपक्षी दलहरुले मुख्यमन्त्री सतीशकुमार सिंह र अर्थमन्त्री सुनिल यादवको राजीनामा नमाग्ने भएका छन् । विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश

पूरा पढ्नुहोस्

Bureau Menus