जनकपुरमा हँसराज मिठाई पसलका कामदारले जिस्काए युवति, विरोध गर्दा कुटिए पत्रकार
सडक जाम गरी ठेला लगाएर मिठाई बेच्दै गर्दा हँसराज मिठाई पसलकै कामदारले युवतिलाई हात लगाएका थिए । यसलाई दुरव्यवहारमा परेकी युवतिले समेत पुष्टि गरेकी छन् । उनले बयानमा हँसराजका कामदारले जिस्काएको, हात लगाएको बयान दिएकी छन् ।

२०८२ असोज १५ बुधबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित सँचालनमा रहेको हँसराज मिठाई पसलका कामदारले एक युवतिलाई जिस्काएको घटना बाहिरिएको छ ।
जनकपुरको विभिन्न स्थानमा सँचालनमा रहेको हँसराज मिठाई पसलका कामदारले पत्रकार ध्रुव कुमार झालाई हातपात गरेका छन् ।
हँसराज मिठाई पसलका कामदारले बाटो हिडदै गरेकी एक युवतिलाई शरिरमा छोएर जिस्काएपछि पत्रकार झाले त्यसको विरोध जनाएका थिए । ती कामदारलाई पछ्याउँदै जाँदा हँसराज मिठाई पसलका सँचालक हँसराज साहको घरबाट निस्केको बताईएको छ ।
सडक जाम गरी ठेला लगाएर मिठाई बेच्दै गर्दा हँसराज मिठाई पसलकै कामदारले युवतिलाई हात लगाएका थिए । यसलाई दुरव्यवहारमा परेकी युवतिले समेत पुष्टि गरेकी छन् । उनले बयानमा हँसराजका कामदारले जिस्काएको, हात लगाएको बयान दिएकी छन् ।
पत्रकार झाले उनलाई किन जिस्काएको भन्दा उल्टै गुण्डा लगाएर कुटपिट गर्न लगाएको आरोप पत्रकार झाको छ । हँसराज साहको घरबाट निस्केका कामदारहरुले पत्रकार झामाथि हातपात गरेको बताईएको छ ।
पत्रकार झामाथि भएको हातपातको चौतर्फी विरोध गरिएको छ । जानकी मन्दिर अगाडीमा मुख्य पसल थापेका हँसराज साहका कामदारले बाटो हिडदै गरेकी युवति जिस्काउने कार्यमा संलग्न रहेको तथा पत्रकारलाई हातपात गरेको आरोपमा कानुनी प्रक्रियामा जाने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…