आफ्नो गाउँ आफै बनाउन गाउँका युवाहरु जुटे श्रमदानमा, नियमित श्रमदान गर्दै युवाहरु 

२०८२ असोज १२ आइतबार
बेलुकी ७:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको एक गाउँका युवाहरुले आफ्नो गाउँ आफैँ बनाउन अग्रसर भएका छन् । 

कमला नगरपालिका वडा नं. ७ हथमुण्डा नवकाटोलका युवाहरुले स्थानीय सरकार वा कुनै सरकारको भरमा नभई आफ्नो गाउँको विकास आफैँ गर्ने अठोट लिएका छन् । 

स्थानीय अगुवा रामभगत मण्डलको अगुवाईमा गाउँका युवा, किशोर र वश्यकहरुले समेत श्रमदानमा जुटेका छन् । गाउँमा स्थानीय सरकारले ध्यान नदिएपछि उनीहरुले आफ्नो गाउँ आफैँ बनाउने निधो गरेका छन् । 

स्थानीय सरकारको बजेटले कुनै विकास नभएको भन्दै युवाहरुले गाउँको समुचित विकासको लागि प्रत्येक शनिबार सम्पूर्ण गाउँले मिलेर श्रमदानमा लागेका छन् । उनीहरुले स्वेच्छाले श्रमदानमा लागेका छन् । 

गाउँको गल्ली गल्ली, सडक, बगैँचा, सार्वजनिक स्थल, बगहारा, कृषि सडक लगायत गाउँमा सरसफाईमा समेत श्रमदान दिन थालेका छन् । उनीहरुले एक बर्षभित्र श्रमदानबाटै गाउँलाई सफा र सुन्दर गाउँ बनाउने अठोट लिएको बताइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ असोज १२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus