मधेश प्रदेशमा राजीनामाबाट पछि हटे विपक्षी दल, मुख्यमन्त्री र मन्त्रीको राजीनामा नमाग्ने
विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए ।

२०८२ असोज ३ शुक्रबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सभा सञ्चालन गर्न विपक्षी दलहरुले मुख्यमन्त्री सतीशकुमार सिंह र अर्थमन्त्री सुनिल यादवको राजीनामा नमाग्ने भएका छन् ।
विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए ।
संसद बैठक बोलाउनबाट पञ्छिन खोजेका कांग्रेस र एमाले समेतको सहमतिमा शनिबार बिहान ११ बजे सर्वदलीय बेठक बोलाइएको छ ।
सो भेटमा नेकपा एसका नेता रत्नेश्वर गोइत, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता युवराज भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…