मधेश प्रदेशमा राजीनामाबाट पछि हटे विपक्षी दल, मुख्यमन्त्री र मन्त्रीको राजीनामा नमाग्ने 

२०८२ असोज ३ शुक्रबार
बिहान ०८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सभा सञ्चालन गर्न विपक्षी दलहरुले मुख्यमन्त्री सतीशकुमार सिंह र अर्थमन्त्री सुनिल यादवको राजीनामा नमाग्ने भएका छन् ।

विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए । 

संसद बैठक बोलाउनबाट पञ्छिन खोजेका कांग्रेस र एमाले समेतको सहमतिमा शनिबार बिहान ११ बजे सर्वदलीय बेठक बोलाइएको छ ।

सो भेटमा नेकपा एसका नेता रत्नेश्वर गोइत, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता युवराज भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

जनकपुरः सरस्वति पूजामा विद्यालयले तोकेकै ड्रेसमै जानुपर्ने

  • २०८२ असोज ३ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम। आउँदो सरस्वती पूजाका अवसरमा विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयले तोकेको निर्धारित पोसाकमै सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। एन–प्याब्सन जनकपुरधामले एक सूचना जारी गर्दै सरस्वती पूजाका नाममा नयाँ पोसाक

पूरा पढ्नुहोस्

Bureau Menus