नेपालमै बन्दै यस्तो शोरुम, लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने !
न्यूज ब्यूरो | काठमाडौं, ३ साउन । विज्ञान र प्रविधिसँगै नेपाली बजारमा बेग्लै खाले अटो शोरुम तयार गरिएको छ । ४ हजार स्क्वायर फिटमा निर्माण भइरहेको ती शोरुममा लगाइएको सबै वत्ती बाल्ने हो भने जीप गाडीको कम्पार्टमेन्टमा भएको सबै पाटर्सहरु छलङग देखिने किसिमले निर्माण गरिएको छ । साथै, सर्भिस सेन्टरसमेत त्

२०७५ साउन ३ बिहीबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमाडौं, ३ साउन । विज्ञान र प्रविधिसँगै नेपाली बजारमा बेग्लै खाले अटो शोरुम तयार गरिएको छ ।
४ हजार स्क्वायर फिटमा निर्माण भइरहेको ती शोरुममा लगाइएको सबै वत्ती बाल्ने हो भने जीप गाडीको कम्पार्टमेन्टमा भएको सबै पाटर्सहरु छलङग देखिने किसिमले निर्माण गरिएको छ । साथै, सर्भिस सेन्टरसमेत त्यही किसिमले निर्माण गरिएको छ ।
नक्साल नारायण चौरमा निर्माण भइरहेको उक्त शोरुम जीपको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भइरहेको एमएडब्लु लाइफले जनाएको छ ।
शोरुम निर्माणमा प्रयोग भएका हरेक निर्माण सामाग्री जीपले निर्धारण गरेको मापदण्डमा भइरहेको दाबी गर्दै कम्पनीले अबको १० दिनमा शोरुम तयार हुने दाबी गरिएको छ ।
दक्ष एवम् उत्कृष्ट ईन्जिनीयरको हेरचाहमा निर्माण हुन लागेको उक्त जीप शोरुममा अन्तराष्ट्यि स्तरको टायल्स मार्बल प्रयोग गरिएको जनाइएको छ ।
एमएडब्लु लाइफ अटोमोवाइलले नेपाली बजारमा ल्याउन लागेको जीपको शोरुम निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाली अटो मोवाइल बजारमा एउटा नयाँ ब्रान्डको उपस्थिति जनाउँदै अमेरिकन क्रिसलर मोटर्स अन्तर्गतको जीप ब्रान्ड नेपाली बजारमा आउने भएको हो ।

कम्पनी स्रोतका अनुसार सुरुमा जीपका एक मोडल कम्पास नेपाली बजारमा आउने छ ।
कम्पासको ६ वटै भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने छ । भारतीय बजारमा उत्पादन भएका जीप कम्पास नेपाली बजारमा पनि निकै प्रतिक्षा गरिएको मोडलमा पर्छ ।
जुलाईको अन्त्यसम्ममा जीपको आधिकारीक बिक्री वितरण गर्ने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…