रुवीलाई हत्या गरी सुटेकेसमा फाल्ने व्यक्तिको पहिचान खुल्यो, प्रक्राउ गर्न प्रहरी सक्रिय
एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् । प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् ।उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०८२ भदौ ९ सोमबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा महिलाको हत्या गरी सुटकेस फालिएको घटनाको आरोपितको पहिचान भएको प्रहरीले खुलाएको छ ।
रौतहटकी रुबी साहको हत्या गरी सुटकेसमा फाल्ने व्यक्ति रौतहट माधोपुरका लक्ष्मण पासवान रहेको खुलासा भएको छ ।
रौतहटको माधवनारायण नगरपालिकावडा नं ६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका वडा नं ५ स्थित एक घरमा भएको खुलेको छ ।
सो घरमा डेरागरी बसेका माधबनारायण वडा नं. ६ माधोपुर कै लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ५०० मा ई–रिक्सा बुक गरेका थिए ।
एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् । प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् ।उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…