रौतहटमा सुटकेसभित्र महिलाको लास
स्थानीय बासिन्दाले सडक छेउमा अनौठो अवस्थामा राखिएको सुटकेस देखेपछि शंका गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर सुटकेस खोल्दा त्यसभित्र एक महिलाको शव फेला परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

२०८२ भदौ ८ आइतबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा शनिबार साँझ एक महिलाको लास सुटकेसभित्र फेला परेको छ। गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालाबा मोड नजिकै सडक किनारमा फेला परेको सुटकेसभित्र एक महिलाको शव बरामद भएको हो।
स्थानीय बासिन्दाले सडक छेउमा अनौठो अवस्थामा राखिएको सुटकेस देखेपछि शंका गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर सुटकेस खोल्दा त्यसभित्र एक महिलाको शव फेला परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार मृतक महिलाको परिचय खुल्न बाँकी छ। घटनास्थलमा आवश्यक अनुसन्धान कार्य भइरहेको र शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ।
यस घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले घटनाको गम्भीरता बुझ्दै अपराधमा संलग्न हुन सक्ने व्यक्तिहरुको खोजी सुरु गरेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…