Close This

शहिदनगरका कुनै पनि शिक्षक/शिक्षिकालाई सरुवा गरिएको छैनः मेयर यादव 

२०८२ श्रावण ३१ शुक्रबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ३० साउन । धनुषा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरभित्रका कुनै पनि शिक्षकलाई सरुवा नगरिएको बताएका छन् ।

समाजिक सँजालमा शहिदनगर नगर प्रमुख यादव र अधिकृत उमेश महतोले विद्यालयको रकम कुम्ल्याउन गैर कानुनी रुपमा सरुवा गरेको चर्चा चलिरहँदा मेयर यादवले कुनै सरुवा नभएको प्रतिक्रिया दिएका छन् । 

न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर यादवले भने, “अहिलेसम्म कुनै सरुवा भएको छैन” । उनले शिक्षक सरुवाबारे केही बारे समेत अनभिज्ञता प्रकट गरे । 

शहिदनगरका तत्कालिन शिक्षा शाखा प्रमुख विश्वानाथ यादवले समाजिक सँजाल मार्फत १७ जना शिक्षक शिक्षिकाको सरुवा गरेको पोष्टहरु पोष्टयाएपछि शहिदनगरमा खैलाबैला मच्चिएको छ भने विपक्षीहरु समेत सक्रिय भएका छन् । गैर कानुनी रुपमा शिक्षक सरुवा गरेको प्रारम्भिक जानकारी दिएपनि कसैलाई अधिकारी सरुवा पत्र भने नपठाएको बुझिएको छ । 

शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको रानी माविमा आफ्नो सालोलाई हेडमास्टर बनाउनको लागि सरुवा विधि सुरु गरिएको आरोप छ । उनले विभिन्न विद्यालयमा रहेको विद्यालयको खाजाना केही कर्मचारीहरुसँग मिलोमत्तो गरी कुम्ल्याउन खोजेको आरोप रहेको छ । 

आरोपप्रति जवाफ दिँदै मेयर यादवले नगरभित्र सरुवाको अधिकार रहेको र अहिलेसम्म कुनै सरुवा नै नभएको बताउँदै आरोप गलत रहेको बताए । 

शिक्षक समेत रहेका विश्वनाथ यादवले सरुवा गरिएका शिक्षकहरुको नाम सूचि नै फेसबुकमा पोष्टयाएका छन् । यद्यपी, त्यो अधिकारिक भने नरहेको बताईएको छ । उनले पोष्ट गरेको सूचि यस्तो छ । 

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ श्रावण ३१ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus