साउथका चर्चित अभिनेता श्रीनिवास राव रहेनन्, ७५० बढी फिल्मका गरेका थिए अभिनय

२०८२ असार २९ आइतबार
रति ८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  बहुप्रतिभाशाली भारतीय अभिनेता श्रीनिवास रावको निधन भएको छ। ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका यी अनुभवी कलाकारको निधनले भारतीय र नेपाली सिनेमाजगत दुबै शोकमग्न बनेका छन्।

८० वर्षको उमेरमा अन्तिम सास लिएका श्रीनिवास रावले तेलुगु, तमिल, कन्नड, हिन्दी र मलयालमजस्ता भाषाका चलचित्रहरूमा काम गरेका थिए। विशेष गरी सहायक भूमिकामा उनी अत्यन्तै लोकप्रिय थिए। उनका संवाद अदायगी शैली, हावभाव र चरित्र अभिनयले उनलाई सुदृढ स्थान दिलाएको थियो।

श्रीनिवास रावले १९७० को दशकदेखि अभिनय सुरु गरेका थिए। उनले चलचित्रहरूमा पिताको, शिक्षकको, गाउँका मुखियाको, पण्डितको, पागलको, दार्शनिकको, हास्य पात्रको र कहिलेकाहीं खलनायकको भूमिका समेत निर्वाह गरेका थिए।

उनको अभिनयमा सहजता र गहिरो भावभंगिमा देखिन्थ्यो। उनी चलचित्रका मुख्य पात्र नभए पनि कथाको मेरुदण्ड हुने खालका भूमिकामा देखिन्थे।

श्रीनिवास रावलाई दर्शकहरूले धेरैजसो हास्य भूमिकामा सम्झन्छन्। दक्षिण भारतीय सिनेमा जगतमा उनी 'व्यङ्ग्य प्रधान चरित्र कलाकारूका रूपमा प्रसिद्ध 
श्रीनिवास रावको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि हैदराबादस्थित उनको निवासमा राखिएको छ। चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, कलाकार, निर्देशक तथा उनका प्रशंसकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

तेलुगु फिल्म उद्योगका सुपरस्टार चिरञ्जीवीले भने, 'हामीले एउटा अमूल्य रत्न गुमायौं। उहाँको अभिनयले पुस्तौँसम्म प्रेरणा दिनेछ।'

उनको निधनसँगै भारतीय सिनेमाजगतले एउटा जीवित किंवदन्तीलाई गुमाएको छ। रंगमञ्चदेखि रजतपटसम्म अभिनयलाई जीवनको साधना बनाएका श्रीनिवास राव सधैँ दर्शकको स्मृतिमा रहनेछन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एकै साथ तीन एआइजीको गीतमा सन्तोष राजको संगीत

  • २०८२ असार २९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली, भोजपुरी तथा मैथिली गीत–संगीत क्षेत्रमा कार्य गर्दै आएका संगीतकार सन्तोष राज सहनीले एकैपटक तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का गीतमा संगीत भर्ने भएका छन्। नेपाल

पूरा पढ्नुहोस्

Bureau Menus