विश्वको सबभन्दा ठुलो सर्च ईन्जिन "गूगल" को प्रिमियर पार्टनर जनकपुरबाट
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । विश्वमै ईन्टरनेटको जमानामा सबभन्दा ठुलो सर्च ईन्जिनको रुपमा रहेको गूगल को प्रिमियर पार्टनर जनकपुरबाट बन्न सफल भएका छन् । गूगलमा सर्च ईन्जिन अप्टीमाईजेशन, वेभ डिजाईन, विज्ञापन, गूगल लोकल अप्टिमाईजेशन सम्बन्धी काम गर्दै आएका जनकपुरको "ईन्टरनेट मार्केट टुडे" ले यस वर

२०७५ असार ३१ आइतबार, दिउँसो २:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ असार । विश्वमै ईन्टरनेटको जमानामा सबभन्दा ठुलो सर्च ईन्जिनको रुपमा रहेको गूगलको प्रिमियर पार्टनर जनकपुरबाट बन्न सफल भएका छन् ।
गूगलमा सर्च ईन्जिन अप्टीमाईजेशन, वेभ डिजाईन, विज्ञापन, गूगल लोकल अप्टिमाईजेशन सम्बन्धी काम गर्दै आएका जनकपुरको "ईन्टरनेट मार्केट टुडे" ले यस वर्ष गूगल प्रिमियर पार्टनरको दर्जा पाएका हुन् ।
ईन्टरनेट मार्केट टुडेका सँचालक अमित झाले अधिकारिक जानकरी दिँदै गूगलमा विज्ञापन पेड प्रणालीबाट जनकपुरबाटै व्यवस्थापन गर्ने कार्य गर्दै आएकोमा ४ वर्षको अन्तरालपछि प्रिमियर पार्टनर बन्न सफल भएको बताए ।
गूगलमा सोसल मिडिया मार्केटिँगको लागि समेत काम गर्दै आएका "ईन्टरनेट मार्केट टुडे" गूगल जस्तो कम्पनीको सहजकर्ताको रुपमा नेपालमै प्रथम बन्न सफल दाबी झाले गरेका छन् ।
गूगल जस्तो कम्पनीको प्रिमियर पार्टनर त्यो पनि नेपालमै पहिलो जनकपुरबाट भएपछि सँचालक झाले खुसी व्यक्त गर्दै गूगलमा मार्केटिँगको लागि अझ प्रगाढ बन्ने बताए । जनकपुरबाटै गूगलको लागि सेवासुविधाहरुबारे जानकारी तथा सेवाग्राहीले सेवा लिन पाउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…