मिथिला बिहारी नगरपालिकाको ४४ करोड ८२ लाखको बजेट सार्वजनिक
प्रत्यासी सूर्य नारायण मण्डल, कार्यपालिका सदस्यहरू राम उदगार दास, प्रदीप यादव, कृष्ण बसन्त, बिमरोस यादव लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख सुभाष झा, सूचना तथा प्रविधि अधिकृत लक्ष्मीनारायण यादव, शिक्षा शाखा प्रमुख रिमा झा लगायतका कर्मचारी तथा शाखा प्रमुखहरू कार्यक्रम व्यवस्थापनमा सक्रिय थिए। मिथिला बिहारी नगरपालिकाले प्रस्तुत गरेको यो बजेट र नीति कार्यक्रमले समावेशी, उत्तरदायी, प्रविधिमैत्री र दिगो विकासको संकेत गरेको छ। “समृद्ध नगर, सुखी नगरवासी” को लक्ष्यसहित अघि बढाइएको यो योजना स्थानीय तहको विकासमा महत्वपूर्ण मानिए

२०८२ असार ११ बुधबार, बिहान ९:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु। ४४ करोड ८२ लाख ७ हजार ८८३ को बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको ११ औँ नगरसभा एक विशेष समारोहबीच सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेन्द्रप्रसाद यादवले गरेको थियो मेयर१ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भन्ने उपमेयर शोभा देवी साहले आर्थिक ऎन पढेर सुनाएका थिए ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, सशर्त तथा विशेष कार्यक्रम समावेश गरिएको छ। बजेटमा समावेशी, दिगो र प्रविधिमैत्री विकासमा जोड दिइएको छ।
बजेटको आय विवरण वित्तीय समानीकरण अनुदान (संघीय) १० करोड ४६ लाख सशर्त अनुदान १८ करोड ६ लाख राजस्व बाँडफाँड ९ करोड ५९ लाख २७ हजार ४२३ विशेष अनुदान ६८ लाख सम्पूरक अनुदान २ करोड ९३ लाख प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड २९ लाख ८० हजार ४६० आन्तरिक स्रोत १ करोड ८५ लाख (झण्डै) बजेटको व्यय विवरणस् वडा तथा शाखा योजनाहरु तर्फ – २३ करोड १५ लाख ७ हजार ८८३ सशर्त कार्यक्रम तर्फ – १८ करोड ६ लाख सम्पूरक कार्यक्रम तर्फ – २ करोड ९३ लाख विशेष कार्यक्रम तर्फ – ६८ लाख जम्मा व्यय – ४४ करोड ८२ लाख ७ हजार ८८३ विनियोजन भएको छ ।
स्थानीय ऐन, कार्यविधि र नियमावलीहरू तर्जुमा तथा संशोधन गरिने जनमैत्री कानून निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गरिने, विभेदजन्य घटनाको अनुगमन गरी दोषीलाई कारबाही सहिष्णुता र सद्भावका लागि जनचेतनामूलक अभियान दलित समुदायको सशक्तिकरणका लागि लक्षित कार्यक्रम स्मार्ट वडा प्रत्येक वडामा डिजिटल सेवा केन्द्र र मोबाइल एप नगर बायोमेट्रिक डाटाबेसस् नागरिकको डिजिटल पहिचान प्रणाली युवा उद्यम कोषस् स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन मिथिला सांस्कृतिक संग्रहालय, स्थानीय कला र इतिहासको संरक्षण डिजास्टर रिस्पोन्स टिम, विपद् व्यवस्थापन टोली महिला नेतृत्व विकास प्रत्येक वडामा तालिम कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
बजेटले बालबालिकाको शिक्षा, पोषण, युवाको सीप र रोजगारी, महिलाको नेतृत्व विकास तथा ज्येष्ठ नागरिकको सम्मानमा जोड दिइएको छ।
नगरसभामा पूर्व मेयर अनिल यादव, पूर्व उप–मेयर अनिता साह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रदीप साह, नेपाली कांग्रेस नगर सचिव पवन यादव, जसपा नेपालका अध्यक्ष रञ्जित यादव, मेयर प्रत्यासी सूर्य नारायण मण्डल, कार्यपालिका सदस्यहरू राम उदगार दास, प्रदीप यादव, कृष्ण बसन्त, बिमरोस यादव लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख सुभाष झा, सूचना तथा प्रविधि अधिकृत लक्ष्मीनारायण यादव, शिक्षा शाखा प्रमुख रिमा झा लगायतका कर्मचारी तथा शाखा प्रमुखहरू कार्यक्रम व्यवस्थापनमा सक्रिय थिए।
मिथिला बिहारी नगरपालिकाले प्रस्तुत गरेको यो बजेट र नीति कार्यक्रमले समावेशी, उत्तरदायी, प्रविधिमैत्री र दिगो विकासको संकेत गरेको छ। “समृद्ध नगर, सुखी नगरवासी” को लक्ष्यसहित अघि बढाइएको यो योजना स्थानीय तहको विकासमा महत्वपूर्ण मानिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…