जनकपुरमा 'YAMAHA Blue-Fest 'मेला भोलीदेखि सुरु, कुनै कम्पनीको मोटरसाईकल साटफेर गर्न सकिने
यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्टमात्र नभई एक पूर्ण उत्सव समेत भएको कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले डोर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनेछन् भने कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू घर लैजान सकिनेछ । मेलमा गेमिङ जोन, फेस पेन्टिंग, महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने पर्फर्मेन्सहरूको आनन्द समेत लिन सकिनेछ ।

२०८२ असार १० मंगलबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ कार्यक्रमा सुरु गरेको छ । यो भव्य मेला भोलीदेखि जनकपुरको बाह्रविघा मैदानमा सुरु हुने भएको छ ।
एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने कम्पनीको भनाई छ । मेलमा कुनै पनि ब्रान्डका कुनै पनि बाइक साटाफेर गर्दा ग्राहकले आफूसंग भएको कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार मूल्यांकन पाउनेछन् ।
त्यस्तै, अन्य कुनै पनि ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, यामाहा थ्रिल अफ थ्री योजना अन्तर्गत २ बर्षको सवारी कर समेत भुक्तानी गरिने जनाइएको छ ।
यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्टमात्र नभई एक पूर्ण उत्सव समेत भएको कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले डोर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनेछन् भने कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू घर लैजान सकिनेछ । मेलमा गेमिङ जोन, फेस पेन्टिंग, महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने पर्फर्मेन्सहरूको आनन्द समेत लिन सकिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…