परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
कार्यालय सहयोगी राय एक महिलासंगै घरमा रहेको बेला विहिवार दिउँसो पक्राउ परेका थिए । उनकी पत्नीले परस्त्रीसँगको सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा राय विरुद्धमा उजुरी दिएका थिए ।

२०८२ जेठ ३० शुक्रबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मालपोत कार्यालय सिरहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायको घरवाट अवैध रुपमा राखिएको कागजात बरामद गरिएको छ ।
सिरहा नगरपालिका(७ मा रहेको एक घरवाट रायले राखेको मालपोत कार्यालयको विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको छ ।
प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वको टोलेली अनुसन्धानको क्रममा रायले अवैध रुपमा राखेको कागजात बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले बताए ।
कार्यालय सहयोगी राय एक महिलासंगै घरमा रहेको बेला विहिवार दिउँसो पक्राउ परेका थिए । उनकी पत्नीले परस्त्रीसँगको सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा राय विरुद्धमा उजुरी दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…