न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले पक्राउ गरेका बिचौलिया सिरहा प्रहरीकै एक अधिकारीको सेटिँगमा त्यस्ता क्रियाकलाप ढुक्कसँग गरिरहेको आरोप लगाइएको छ ।
सिरहा प्रहरीले विष्णुपुर गाउँपालिका वडा नं. १ गौरीपुर बस्ने बिचौलिया प्रमोद कुमार महतोसँग सिरहा प्रहरीका ईन्सपेक्टर दिपक सिँहको साँठगाँठ रहेको आरोप स्थानीयहरुले लगाएका छन् । प्रमोद पक्राउ परेपछि उनको घरमा ईन्सपेक्टर सिँहको आवतजावत पहिलेदेखि नै रहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
पक्राउ परेका प्रमोदसँग ईन्सपेक्टर सिँहको साँठगाँठले उनीहरुकै मिलोमत्तोमा प्रहरीसँग बार्गेनिँग भईरहेको शंका गरिएको छ । ईन्सपेक्टर सिँहले पक्राउ परेका प्रमोदलाई “कुटुम्ब” भनेर सम्बोधन गर्दै प्रायः उनको घरमा आनजान लगाईराखेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
सिंहको दरबन्दी भनेको जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा शाखामा रहेको बेला बिचौलियाँसँगको साँठगाँठको कारण उनलाई सो शाखाको जिम्मेवारी खोसिएको बताईन्छ । उनी अहिले जिल्ला प्रहरीको प्रशासन शाखामा कार्यरत रहेका छन् । उनको दरबन्दी भने मुद्दा शाखामा रहेको छ ।
केही महिना अगाडी सिरहा जिल्लाको चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका वडा नम्बर ११, भलुवाहीमा एक महिलामाथि भएको छिनछपोटको घटनामा घटनाका वास्तविक आरोपितलाई घटनास्थलमै पक्राउ परेपनि नाम मिल्दो मात्रैको आधारमा अर्का व्यक्तिलाई फँसाइएको आरोप पनि उनीमाथि लागेको छ ।
सिरहा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी रोशन कुमार यादवलाई नाम मिल्ने मात्रको कारण र उनको नागरिकताको प्रतिलिपि मिसिलमा संलग्न गराएर मुद्दामा तानिएको घटना समेत ईन्सपेक्टर सिँहसँग जोडिएको छ ।
पीडित भनिएको रोशन यादवका अनुसार उनले वैदेशिक रोजगारीको सिलसिलामा प्रहरी रिपोर्ट लिन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेपछि मात्र आफूविरुद्ध मुद्दा दर्ता भएको जानकारी पाए।
जिल्ला प्रहरीको मुद्दा फाँटका तत्कालिन इन्स्पेक्टर दिपक सिंहले वास्तविक अभियुक्तको नागरिकता झिकाउँदा नाम जुधेकै कारण उनको नागरिकता मिसिलमा परेको देखिएको बताईन्छ । सामान्य गल्तीु भएको बताउँदै उनलाई ढुक्क हुन आग्रह गरेका थिए। तर, प्रहरीको सोही कथित “सामान्य गल्ती” का कारण यादवविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दर्ता भएको छ र उनी हाल साधारण तारेखमा छुटेका छन्।
पीडित महिलाले दिएको जाहेरीमा समेत रोशन यादवको नाम नरहे पनि उनको नाम र कागजात मिसाएर मुद्दा चलाइएको बताइएको छ । यस घटनाले प्रहरी प्रशासनको गम्भीर लापरबाही र लापर्वाहीपूर्ण कार्यशैलीलाई उजागर गरेको भन्दै स्थानीय तहमा चर्को बहस सुरु भएको छ।
दोषी उम्किने र निर्दोष सास्ती भोग्नुपर्ने अवस्था सृजना गर्ने प्रहरी प्रशासनले सर्वसाधारणप्रति कस्तो व्यवहार गर्छ भन्ने प्रश्न सर्वत्र उठेको छ। स्थानीय नागरिकहरू भन्छन्, “जब न्यायको ढोका भनेर चिनिने निकायबाटै यस्तो गल्ती हुन्छ भने साधारण जनताको बाँच्ने आधार के रहन्छ ?”
रोशन कुमार यादव जस्ता निर्दोषहरूलाई फँसाउने घटनाले न केवल प्रहरी प्रशासनको कामप्रतिको लापरवाही देखाउँछ, बरु सम्पूर्ण न्याय प्रणालीप्रति नै प्रश्न खडा गरिदिएको छ।
पिडित रोशन कुमार यादवले तारेख पर्चा देखाउँदै प्रहरीले गलत नियत बस आफुलाई फसाइएको मुद्दा नम्बर ०८१–८१–०१३ बाट निर्दोष साबित भै छुटकारा पाउँ माँग राख्दै दोषिलाई कार्यबाहिको माँग गरेका छन । यादवविरुद्ध डाँका मुद्दा गत बर्षको कार्तिक २० मा दर्ता भएको थियो ।
यस सन्दर्भमा ईन्सपेक्टर दिपक सिँहले आफूमाथि लगाएको आरोप पूर्णतः निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिचौलिया आरोपमा पक्राउ परेका प्रमोद महतोसँगको सम्बन्ध र घर आवतजावतको सन्दर्भमा गरिएको एक प्रश्नको जवाफमा सिँहले व्यक्ति पक्राउ परिसकेको र आफ्नो नाम आए कानुनी कारवाही भोग्ने बताए ।
उनले भने, “कसैले ममाथि व्यक्तिगत रिसवी साध्नको लागि मेरो नाम भनेको हुन सक्छ । प्रहरीले व्यक्तिलाई पक्राउ गरिसकेको छ । यो अनुसन्धानको विषय हो । प्रमोदसँग मेरो सँलग्नता पुष्टि भए विभागिय कारवाही भईहाल्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, आफूमाथि लगाएको आरोप निराधार छ । झुठा छ ।”
जिल्ला प्रहरीले पक्राउ गरेका प्रमोद महतोसँग ईन्सपेक्टर सिँहको साँठगाँठको साक्षी स्थानीयहरु स्वयँम रहेको बताउँछन् ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८२ जेठ २२ बुधबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्




