मान्छेलाई जिउँदै जलाएको मुद्दामा अदालतबाट सफाई पाएका अफताब आलमलाई ब्रेन हेमरेज, आईसीयूमा भर्ना
उनी हाल नख्खु कारागारमा थुनामा रहेका थिए । अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकको सिफारिसमा उनलाई अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार, आलमको अवस्था गम्भीर छ र चिकित्सकहरूको निगरानीमा राखिएको छ।

२०८२ जेठ १६ शुक्रबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ ।
दुई अगाडी मात्र उच्च अदालतबाट मान्छेलाई जिउँदै जलाएको अभियोगमा जेलमा रहेका आलम सफाई पाएका थिए । शुक्रबार गम्भीर स्वास्थ्य अवस्थाका कारण आईसीयूमा भर्ना गरिएको छ।
उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार, आलमको अवस्था गम्भीर छ र चिकित्सकहरूको निगरानीमा राखिएको छ।
आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो।
उनी हाल नख्खु कारागारमा थुनामा रहेका थिए । अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकको सिफारिसमा उनलाई अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार, आलमको अवस्था गम्भीर छ र चिकित्सकहरूको निगरानीमा राखिएको छ।
आलमको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ। उनको स्वास्थ्यमा सुधार नआएमा थप उपचारका लागि विदेश लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…