मधेश सरकारमा यादव वनमन्त्री र कुशवाहा उद्योगमन्त्री
सोही मन्त्रालयमा कृषि राज्यमन्त्री सँजय यादवले समेत आफ्नो कुशलता प्रदर्शन गरेका थिए ।

२०८२ जेठ ८ बिहीबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले वर्तमान दुई मन्त्रीलाई हटाएर पूर्व दुई मन्त्रीलाई पुनः मन्त्री बनेका छन् ।
पूर्व कृषिराज्यमन्त्री सँजय कुमार यादव र पूर्व कृषि मन्त्री ई. बसन्त कुशवाहालाई पुनः मन्त्री बनाएको हो । डा. सिके राउतको सचिवालयले जनाए अनुसार वर्तमान वनमन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल मियाँलाई फिर्ता बोलाएर दुवै जनालाई मन्त्री बनाएको हो । साह र मियाँलाई फिर्ता बोलाई सकेको छ ।
जनमत पार्टीका प्रवक्ता ढा. शरतसिँह यादवका अनुसार एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रीलाई फिर्ता गरेर जिम्मेवारी अर्को व्यक्तिलाई दिइएको हो ।
बसन्त कुशवाहा कृषि मन्त्री हुँदा मधेशमा कृषि क्रान्तीको योजनाहरु ल्याएपछि उनलाई हटाएको थियो । मधेशका कुशवाहा एक कुशल मन्त्रीको रुपमा स्थापित भएका थिए । सोही मन्त्रालयमा कृषि राज्यमन्त्री सँजय यादवले समेत आफ्नो कुशलता प्रदर्शन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…