मधेश सरकारमा मन्त्री शाह र मियाँलाई फिर्ता बोलाउँदै, यादव र कुशवाहा थपिने लगभग पक्कापक्की
जनमतले शम्भु साहलाई मन्त्री बनाउने तयारी गरिसकेपछि कुश्वाहाले आफूले अवसर पाउनुपर्ने अडान कसेपछि यी दुईमध्ये कसलाई अवसर दिने विषयमा छलफल चलिरहेको छ । कुशवाहा यसअघि मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहि सकेका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने विषयमा अझै निक्र्यौल लाग्न सकेको छैन ।

२०८२ जेठ ८ बिहीबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वको मधेश सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलाएर रिप्लेस गर्ने पक्कापक्की भएको छ ।
पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँलाई फिर्ता बोलाउने तयारी गरेको बताईएको छ ।
पार्टी स्रोतका अनुसार दुवै जनालाई फिर्ता बोलाएर जनमतले यसअघि कृषिमन्त्री रहेका बसन्त कुशवाहा र कृषि राज्यमन्त्री रहेका सँजय कुमार यादवलाई मन्त्री बनाउने कसरतमा लागेको हो ।
संजय यादवलाई मन्त्री बनाउने लगभग पक्का रहेको मुख्यमन्त्री सचिवालय श्रोतले जनाएको छ । बसन्त कुशवाहालाई समेत पुनः अवसर दिने बुझिएको छ ।
कुशवाहा यसअघि मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहि सकेका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने विषयमा अझै निक्र्यौल लाग्न सकेको छैन ।
दुवै जना मन्त्री बन्ने लगभग पक्का भईसकेको डा. सिके राउत सचिवालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…