कमला नगरपालिका वडा नं. ८ मा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
जेठ ०३ गतेदेखि जेठ ०६ गतेसम्म वडाको विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको जनाइएको छ । समाजमा बालविवाह विकराल रुप लिँदै गएपछि वडाध्यक्ष तृपित भुडेरले जनचेतना फैलाउन सडक नाटक प्रदर्शन गराएको बताए ।

२०८२ जेठ ७ बुधबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ८ मा बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
कमला नगरपालिका वडा नं. ८ को आयोजनामा जनचेतनामूलक सडक नाटक अन्तरर्गत बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिएको हो ।
जेठ ०३ गतेदेखि जेठ ०६ गतेसम्म वडाको विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको जनाइएको छ । समाजमा बालविवाह विकराल रुप लिँदै गएपछि वडाध्यक्ष तृपित भुडेरले जनचेतना फैलाउन सडक नाटक प्रदर्शन गराएको बताए ।
जनकपुरको दिग्गज कलाकारहरुको टीमद्धारा चार दिनसम्म सडक नाटक प्रदर्शन भएको जनाए । वडा नं. ८ को टेढामोड, हरिने, सोनापाडा उत्तरवारी टोल र सोनापाडा दक्षिणवारी टोलमा नाटक प्रदर्शन गरिएको थियो ।
सडक नाटकबाट प्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकोले सडक नाटक आयोजन गरिएको बताए । सडक नाटकमा सयौँ स्थानीयहरुको उपस्थिति रहेको थियो । विशेषतः महिलाहरुको सहभागीतालाई कलाकारलाई मनोबल बढाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…