भरत ताल: ५६ करोड बढी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री, मेयर, उपमेयरसहित ८ जना उपर मुद्दा
५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

२०८२ जेठ ४ आइतबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ ।
संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।
५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले माछा नै नभएको ठाउँमा माछापोखरी बनेको भनी भ्रष्टाचार गरेको भन्दै ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…