भठिहनमा यादव चौकको विवाद टुगिँयो, 'श्रीराम चौक' राख्ने सर्वपक्षीय निर्णय

२०८२ बैशाख २४ बुधबार
बेलुकी ७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित विवादित यादवचौक लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ । 

सबैला नगरपालिकाले स्थानीय प्रशासनसँग सो चौकमा नामकरणको विवाद भएको भन्दै समाधानको लागि सहयोग मागेको थियो । प्रशासन चोक नामाकरणको अधिकार स्थानीय तहको रहेको भनेपछि सबैला नगरपालिकाले पहल थालेको थियो । 

गएको चैत्तमा भठिहनभन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उच्छृँगल गतिविधि गर्नेहरुले बलपूर्वक यादवचोक नामाकरण गरेपछि विवाद भएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली एक जना युवकको मलद्धारमा लागेको थियो । अहिले पनि ती युवक उपचाररत रहेका छन् । 

जातीय भाव झल्काउने नामाकरण स्वीकार्य नहुने भन्दै अन्य जातजाती समुदायले विरोध जनाएपछि झडप भएको थियो । त्यतिबेला यादव समुदाय र नन यादव समुदायबीच तनाव बढेको थियो । 

सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाए अनुसार चोकको नामाकरण गरेको हो । वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय गरेको हो । 

बुधबार बसेको सर्व पक्षीय बैठकबाट सो ठाउँको नामाकरण आजदेखि श्रीरामचौक राखिएको हो । 

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 13%

होलीमा सत्रु पनि मित्र बन्ने अवसर हुन्छः अध्यक्ष यादव

  • २०८२ बैशाख २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले होलीमा सत्रु पनि मित्रताको भावना राख्नुपर्ने धारणा राखेका छन् ।  जनकनन्दिनी गाउँपालिकाद्धारा आयोजना गरिएको होली मिलन समारोहमा बोल्दै गाँपा अध्यक्ष

पूरा पढ्नुहोस्

Bureau Menus