सुनको सिक्रीको लागि विवाह भाँडेका बेहुलासहित पाँचजनालाई जेल, दाईजो फिर्ता गर्न अदालतको आदेश
२०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २४, रामगढवास्थित बेहुलीको घरमा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।

२०८२ बैशाख १० बुधबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्ला अदालतले विवाह भाँडेको अभियोगमा बेहुला पक्षलाई कैद,जरिवानाको साथै दाइजोमा लिएको रकम फिर्ता गर्न आदेश दिएको छ।
२०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ स्थित रमिताकुमारी साहको विवाह समारोहमा बेहुला उमेश साह र उनका आफन्तहरूले विवाह मण्डपमै सुनको सिक्री माग गर्दै झगडा गरेपछि विवाह नै रोकिएको थियो।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बेहुला पक्षकाृ हकमा यस्तो आदेश दिएको हो। अदालतले कलैया उपमहानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह,उनका बुवा बच्चालाल साह,दाजु राकेश साह,मुकेश साह र भिनाजु रामएकबाल साहको हकमा यस्तो आदेश दिइएको हो।
विवाह सम्बन्धी कसूर अन्तर्गत दोषी ठहर गर्दै प्रत्येकलाई ६–६ महिनाको कैद सजाय,जनही ५ हजार रुपैयाँ जरिवानाको सजाय दिइएको छ। साथै दाइजो स्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित पक्षलाई फिर्ता गर्न आदेश दिएको हो ।
२०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २४, रामगढवास्थित बेहुलीको घरमा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।
घटनाको भोलिपल्ट २०८० फागुन २९ गते बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। यसपछि उनीहरूमाथि “विवाह सम्बन्धी कसूर“ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
केही दिनपछि अदालतले धरौटीमा रिहा गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…