रौतहटमा चक्कु र बन्चरो प्रहार गरी जानलेबा हमला
सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए। झगडा सुल्झाउन गएको अर्का युवक राजाबाबू माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा राजाबाबुलाई पनि गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।

२०८१ चैत १२ मंगलबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ चैत्त । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट २ जना घाईते भएका छन् ।
चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय राजाबाबु पटेल घाईते भएका हुन् ।
सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए।
झगडा सुल्झाउन गएको अर्का युवक राजाबाबू माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा राजाबाबुलाई पनि गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।
हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको परिवारजनको आरोप छ।
घाइते दुबै जनाको बिरगंजमा हाल उपचार भइरहेको स्थानीय युवक आनन्द पटेलले बताएका छन् ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटना बारे बिस्तृत बिबरण आउन बाँकी रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…