धनुषा प्रहरीको 'लेडी सिँघम' ईन्सपेक्टर 'निकिता मिश्रा'

२०८१ चैत ८ शनिबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । “ईन्सपेक्टर निकिता मिश्रा” यो नाम जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरीहरुमध्ये चर्चित नाम हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका शाखामा कार्यरत प्रहरी नीरिक्षक निकिता मिश्राको कमाण्डमा हुने महिला सेलको निर्णयमा ७० प्रतिशत बढी मुद्दा मिलानको रेकर्ड छ । 

मधेश प्रदेश पर्सा जिल्लाको वीरगँज शहर नीजि घर भएकी निकिता वि.सं. २०७९ सालदेखि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत हुनुहुन्छ । 

कार्यभार सम्हालेदेखि विभिन्न स्थानमा हुने झडप, झै झगडा, समाजिक द्धन्द्धमा कमाण्डरको भूमिकामा प्रायः देखिन्छन्– ईन्सपेक्टर निकिता मिश्रा । 

२५ बर्षिय निकिता मिश्रा धनुषा प्रहरीको “पुलिस अफ द मन्थ” को अवार्डबाट सम्मानित भएकी प्रहरी ईन्सपेक्टर हुन् । धनुषामा हुने विभिन्न अपराधिक घटनाको अनुसन्धान क्रममा धनुषाका प्रहरी प्रमुखहरुले उनलाई कमाण्डर बनाएर पठाउँछन् । 

“प्रहरी अधिकारीले कमाण्डर बनाएर पठाउनुहुन्छ, त्यहाँ काँघमा एउटा जिम्मेवारी हुन्छ । बर्दीको आफ्नो शान छ । मलाई जहाँ पठाएको छ, मैले घटनालाई प्रायः निराकरण गरेर आएको छु । म मधेशकै छोरी हुँ, यहाँको रहनसहन, भेषभूषा, भाषा बुझाई मलाई सरल भएको छ, सायद त्यसले पनि यहाँ आउने मुद्दाहरु चाँडै मिलाउन सकेको छु ।”– मिश्राले भन्नुभयो । 

न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा ईन्सपेक्टर मिश्राले २०७९ सालदेखि कार्यरत हुँदा धनुषामा दर्जनौ चर्चित घटनाहरु सटआउट गर्न मुख्य भूमिका निर्वाह गरेकी प्रहरी कर्मचारी हुनुहुन्छ । 

भारतको जम्बु कश्मिरमा बन्धक बनाईएका ३८ जना नेपालीलाई सकुशल फिर्ता ल्याउन, धनुषाको चर्चित खत्वैया घटना, सिद्धार्थ बैँक म्यानेजरको घटना, विदेह ५ मुडिबाको महिलालाई घाँटी छिनिएर गरेको हत्या घटना लगायत दर्जन बढी हाइलाइटेड घटनालाई सटआउट गर्न ईन्सपेक्टर निकिता मिश्राको भूमिका अग्रनी रहेको बताइन्छ । 

“आजसम्म जति पनि आन्दोलन, झडप, विवाद, सम्प्रादायिक द्धन्द्धमा खटेको छु, गएको छु, सबै विवाद साम्य पारेको मेरो रेकर्ड छ । हाम्रा प्रमुख सरले कमाण्डरको जिम्मेवारी दिएपछि अगुवाई मात्र नगरेर घटनालाई साम्य पारेर आउने मेरो लक्ष्य हुन्छ । जबसम्म घटना शान्त हुँदैन, म कमाण्डमै बसिरहेको हुन्छु । जिम्मेवारी भनेको जिम्मेवारी हो ।”– उहाँले भन्नुभयो । 

विभिन्न झडपको घटना, सम्प्रादायिक झडप, समुदायिक द्धन्द्धको क्रममा निकिता मिश्र सबभन्दा अगाडी हुन्छन् । झडप नियन्त्रणको लागि कमाण्ड गर्ने निकिता प्रायः प्रहरीको समूहमा अगाडी भएर अगुवाई गर्ने गर्छन् । 

उहाँ भन्नुहुन्छ–“म नेपाल प्रहरीको कर्मचारी हो, हामीमा महिला पुरुष चल्दैन, महिला होस वा पुरुष, तालिम एउटै भेटिन्छ, त्यहाँ महिलालाई अलग र पुरुषलाई अलग प्रकारको ट्रेनिँग दिँदैन् । महिला हुँदैमा कमजोर हुने होईन नी, जस्तोसुकै परिस्थिति होस, मेरो कमाण्ड भए म पछि हटेको रेकर्ड छैन् । दँगा कसरी नियन्त्रण गर्ने हो, त्यही अर्जुनदृष्टिमा काम गर्छु । त्यसको लागि आम सर्वसाधारणलाई कुनै क्षति नहुने गरी लक्ष्य तय गर्ने गरेका छौँ, अहिलेसम्म सफल छौँ ।”

धनुषा प्रहरीले चलाएको तस्करी नियन्त्रण मिशनमा पनि निकिता मिश्रा कमाण्डरको भूमिकामा प्रायः देखिन्छन् । धनुषाको प्रहरीको यो मिशनमा ईन्सपेक्टर मिश्राले बखुवी आफ्नो ड्युटी निर्वाह गर्ने ईन्सपेक्टर हुन् । 

महिला भएपछि डराउने प्रकृतिको ठान्ने मानसिकतालाई चुनौति दिँदै ईमान्दारीका साथ ड्युटि गर्ने जो कोही निडर, निर्भिक र साहसीक हुन्छन भन्ने धारणाको उजागरको उदाहरण ईन्सपेक्टर निकिता मिश्रालाई श्रेय दिन थालिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा हुने विभिन्न मुद्दा मिलाउन उनले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरी मुद्दा मिलान गर्ने प्रहरी ईन्सपेक्टरको रुपमा परिचित हुँदै गएका हुन् । 

ईन्सपेक्टर मिश्रको कमाण्डमा जनकपुरमा लगाइएको गैर समाजिक बैनर, बोर्ड उखेलेर फाल्ने गरिएको छ । उपमहानगरपालिकासँग समन्वय गरी जनकपुरधामको वातावरण समेत अनुकुल बनाउन र प्रदुषण न्यून गर्न कार्य गरिरहेको न्यूजब्यूरोसँग बताउनुभयो । 

ईन्सपेक्टर मिश्राले समाजमा हुने गैर समाजिक गतिविधि, अपराधिक गतिविधि, अश्लिलता फैलाउनेहरुमाथि थप निगरानी बढाएर समाज सन्तुलन गर्नेतर्फ लक्ष्य रहेको बताउनुभयो । उहाँले टिकटक, फेसबुक लगायत समाजिक सँजालमा हुने अश्लिल गतिविधि विरुद्ध प्रमाणहरु भेटिए कारवाहीको लागि केही घण्टा मात्र लाग्ने बताउनुभयो । 

ईन्सपेक्टर निकिता मिश्रालाई धनुषामा सर्वसाधारणहरुले समाजिक सँजाल वा भौतिक रुपमा समेत लेडी सिँघम भनेर सम्बोध गर्न थालेको छ ।


 

  • 1%
  • 3%
  • 94%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८१ चैत ८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus