मधेशमा जातीय द्धन्द्धको विजारोपण गर्ने 'हिन्दु सम्राट सेना' र 'यादव युवा संघ'

२०८१ चैत ७ शुक्रबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो, डेस्क

सबिन यादव...
मधेशको केही जिल्लामा अहिले जातीय द्धन्द्धको विजारोपण अँकुरण हुन थालेको छ ।

यो विजारोपण तथाकथित हिन्दु सम्राट सेना (हिन्दु सम्राट नेपाल) र फेसबुकमा तथाकथित रुपमा रहेको यादव युवा संघ नामक पेजले गरेको छ । 

हिन्दु सम्राट सेनाले केही महिना अगाडी विभिन्न गाउँमा गएर “हिन्दु गाउँ” को बोर्ड लगाउन थाले । प्रशासनले मेटदै गए र उनीहरुले तथाकथित रुपमा “हिन्दु गाउँ” को बोर्ड लगाउँदै गए । 

हिन्दु सम्राटका अध्यक्ष राजेश यादव हुन् । नितान्त मूलधारको राजनीतिमा आउने उनको यो चाललाई धेरैले बुझन सकेका छैनन् । राजनीतिमा आउन चाहिने एउटा मुद्दा पायो उनले– हिन्दु राष्ट्र र मुस्लिम विरोधी तत्व परिचालन । 

मुस्लिम समुदायलाई हेर्ने वित्तिकै नजरिया फरक हुने हिन्दु सम्राटले गाउँ गाउँमा लगाएको हिन्दु गाउँको बोर्डप्रति सुरु हुन्छ कम्यूनिष्टको राजनीति । कम्यूनिष्ट मात्र नभई एन्टी–हिन्दु र भोँट बैँकको रुपमा अन्य समुदायलाई प्रयोग गर्ने मधेश केन्द्रीत केही राजनीतिक पार्टीले सुरु गरे “जातीय राजनीति”

धर्म निरपेक्षता आईसकेपछि र हिन्दु देवी देवता पूजनलाई नमान्ने केही कम्यूनिष्टहरुले यसलाई विथोल्नको लागि “हिन्दु गाउँ” लेखेजस्तै “यादवचोक” लेख्न सुरु गरेको पाईएको छ । तर, दुवैको इन्टेशन भने एउटै थियो जातीय राजनीति । यसमा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादव अदृश्य रुपमा सहयोग गर्दै गए । 

अन्य ठाउँमा कुनै चोक लेख्दा दर्जनौको सँख्यामा गएर मेटाउने हिन्दु सम्राट सेना “यादव चोक” लेखिएको ठाउँमा चुप्पी लादे । धार्मिक नामाकरणलाई मेटिएर पनि यादवचोक लेख्दा उनीहरुले चुईक्क नबोलेपछि अध्यक्ष राजेश यादवको मानसिकताप्रति शंका जाग्यो । विस्तारै उनका समर्थकहरु राजेश यादवबाट अलग्गिदै गएका छन् । उनको जातीय लगावले उनकै समकक्षीहरु उनीबाट टाढीदै गए । 

तत्कालै धनुषाको सबैला भठिहनमा भएको जातीय चोक नामाकरणको सन्दर्भमा हिन्दु सम्राट सेनाले चुप्पी लादे । पहिलेदेखि नामाकरण गरिएको “भैरव चौक” लाई हटाएर यादवचोक लेखिएपछि हिन्दु सम्राट सेनाको मौनताले घटनाप्रति समर्थन जनाएको महसुस गरियो । मस्जिद, मदरसा लगायत मुस्लिमहरुले लगाउने चोकमा आन्दोलन गर्ने हिन्दु सम्राट सेना “यादव चोक” लेखिएको एउटा पनि ठाउँमा विरोध जनाएन्, यसले उनीहरुको लक्ष्य, रणनीति र राजनीति छर्लङग भयो । 

समग्रमा भन्दा, हिन्दु सम्राट सेनाले मधेशमा जातीय द्धन्द्धको विजारोपण गर्न भूमिका खेलेको प्रष्ट भएको छ । गाउँ गाउँमा लगाउने हिन्दु गाउँको बोर्डले यसलाई अँकुरण हुन सहयोग गरेको पाईएको छ । 
जहाँ यादव समुदाय कुनै घटनामा पीडक हुन्छ, त्यहाँ हिन्दु सम्राट सेना गौण हुन्छन् । कुनै पनि जातीय घटना होस वा धार्मिक घटना होस, जहाँ यादव समुदाय पक्ष पीडक भए उनीहरु चुप्पी लादछन्, यसको एउटै जातीय इमोशन छ– अध्यक्ष राजेश यादव । 

भर्खरै, सिरहाको औरही गाउँपालिका वडा नं. ५ मा भएको महायज्ञ प्रकरण र दलितलाई उठीवास गराउने घटनामा हिन्दु सम्राट सेनाले दलितलाई ब्लेम गर्दै गाउँपालिका अध्यक्ष शिवजी यादवको पक्षमा उभिएका छन् । सँचारमाध्यममा र प्रमाण सबुतमा समेत यादवले घर भत्काएको प्रमाण छयापछयाप्पी भएपनि हिन्दु सम्राट सेनाले महायज्ञ र धर्मलाई अघि सार्दै शिवजी यादवको पक्षमा उभिएर वकालत गर्न थालेका छन् । 

यसले अन्य जातजातीको विश्वास संगठनबाट मात्र नभई धर्मप्रतिबाट समेत उठन थालेको छ । 

केही दिन अगाडी महोत्तरीमा एक चमार समुदायका पत्रकारमाथि यादव समुदायका केही व्यक्तिहरुले अछुत भन्दै घर पसेरै कुटपिट गरेको घटनामा हिन्दु सम्राट सेना चुप्प छन् । यहाँसम्म की दलित आयोग पनि चुप्प छन् । पुनः जहाँ यादव समुदाय पीडक हुन्छन, हिन्दु सम्राट सेना चुप्प हुन्छन् । (अपवाद बाहेक) 

'यादव युवा संघ' नामक फेसबुक पेजले छरेको जातीय दँगाको बिउ
समाजिक सँजाल फेसबुकमा एउटा पेज छ– “यादव युवा संघ” । यसमा विगत केही महिनादेखि निरन्तर मिशनरी रुपमा “यादव चोक”को बोर्ड लगाएको भिडियो, तस्विर हालेर मधेशका यादव समुदायका केही युवकहरुलाई प्रेरित गर्ने गरेको पाईएको छ । 

यो पेज लाईक गर्नेहरुमा यादव समुदायका बुद्धिजीवी, नेता, मन्त्रीहरु पनि छन् । पेजमा राखिने गैर–समाजिक समाग्रीलाई लाईक गर्ने, कमेन्ट गर्ने गरेको देखिएको छ । यसले वर्तमान समाजप्रतिको उनीहरुको दायित्व के कतिको छ भनेर छरपष्ट भएको छ । 

निरन्तर केही महिनादेखि “यादव चोक” लेखिएको बोर्ड लगाएको भिडियो तस्विर राखेर यसलाई प्रोत्साहन मात्र गरेको होईन, यो गौरव, यादवको पावर, यादव ब्राण्ड भनेर प्रचार गरिएको छ । त्यति मात्र होईन , अन्य ठाउँमा पनि यस्ता बोर्ड लगाउन उक्साउने गरेको देखिएको छ ।

आफ्नै खेतमा बोर्ड लगाएर सार्वजनिक गर्दै

पेजमा हालिने स्टेटस र भिडियो तस्विरप्रति अन्य समुदायका व्यक्तिहरुले आपत्ति जनाउँदै यस्ता गतिविधिले समाजमा जातीय द्धन्द्धको सृजना गरेको टिप्पणी भरपुर गरिन्छ । तर, यसले झन उग्र हुँदै गएको देखिएको छ । यादव समुदायकै व्यक्तिहरुले यसलाई नराम्रो भनेर चेतावनी समेत दिएको पाईन्छ । तर, झन उग्र हुँदै समाजमा जातीय द्धन्द्धको विउलाई अँकुरण गर्न पानी हाल्दै गरेको देखिएको छ । 

“यादव चोक” सार्वजनिक स्थल भन्दा आफ्नो खेतमा, आफ्नो बारीमा, आफ्नो घर अगाडी बोर्ड लगाएर सार्वजनिक स्थानमा गाडेको प्रचार गरिएको पाईएको छ । दुई तीन जना किशोरहरुले आफ्नै जमिनमा यादवचोक लेखेर बोर्ड लगाउँदै भिडियो फोटो बनाएर समाजिक सँजालमा राख्ने प्रचलन बढदै गएको छ । तर, फेसबुक पेजमा यसलाई सार्वजनिक स्थलको नाम दिँदै जातीय द्धन्द्धको विजारोपण गरिएको पाईएको छ ।

पेजका एडमिन सिरहाका यादव समुदायका एक युवक हुन् । नेपाली काँग्रेस पार्टीबाट रहेका उनी बाराको उपचुनावमा उपेन्द्र यादव जीताउन पार्टीभन्दा पनि जातको हिसाबले परिचालित भएका थिए । 
यो फेसबुक पेजमा जहाँ सुकै, जुनसुकै देशको भएपनि नामको पछाडी “यादव” लेखिएको भए गौरव गर्दै पोष्टयाउने गरिन्छ । यो उनीहरुको नीजि मामिला होला, तर विगत केही दिनदेखि निरन्तर जातीय चोकलाई प्रचार प्रसारको रुपमा बढाएको यसले मधेशमा जातीय द्धन्द्धको सृजना पनि उत्तिकै गरेको छ । 

सबैला भठिहनमा भएको दुर्घटना पनि यही पेजबाट प्रेरित कर्मकाण्ड थियो । अहिले शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणका २२ बर्षिय सँतोष यादवको मलद्धारमै गोली लागेर जीवन मृत्यूसँग अस्पतालमा लडिरहेका छन् । उक्साउनेहरु आ आफ्ना काममा व्यस्त छन् ।

समाजमा विभिन्न समुदायको बसोवास रहेको छ । मधेशका गाउँहरुमा अपवाद बाहेक सबै समुदायको मिक्स बस्ती रहेको छ । सबै जातजातीमा मिलनसार छ । शिक्षिक युगमा जातपात भन्दा पनि एउटै समाजको मान्छे भएको भन्दै मिलीजुली बस्दै आएको छ । तर, केही तत्वहरुले यसलाई राजनीतिकरण गरी जातीय द्धन्द्धको आगो लगाउन लागिपरेका छन् । 

भर्खरै सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा भएको घटनामा पीडक यादव समुदायको भएपछि फेसबुक पेजमा गाउँपालिका अध्यक्षको सपोर्टमा पोष्टहरु लेख्न थालिएको छ । डोम समुदायमाथि भएको अत्याचारको सम्बन्धमा विभिन्न सँचारमाध्यमा समाचार प्रकाशित भएपनि यादव युवा संघले गाउँपालिका अध्यक्ष यादवको पक्षमा वकालत गर्न थालेका छन् । यसले अल्पसँख्यक र बहुसँख्यकबीचको दुरी झन बढदै गएको छ । 

अन्त्यमा, एउटै समाजमा लाग्ने आगोमा एउटै समुदाय जल्ने छैन, आगो लगाउनेको पनि घर जल्ने निश्चित छ । यसैलाई आत्मसात गरी सभ्य, शिक्षित र सबै मिलजुली समाजको परिचय दिऔँ , उक्साहटमा नपरौँ । 
 

  • 3%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 15%

ढल्केवर लाईन ग्रीडको सिटी पूर्णरुपमा रिकभर, लाईन अवरुद्ध नगर्न निर्देशक शाक्यको निर्देशन

  • २०८१ चैत ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । देशको ठुलो विद्युत सव स्टेशन ढल्केवर ग्रीडमा बुधबार आगलगी हँदा विद्युत अवरुद्ध भएकोमा सिटी रिकभर गरिएको छ ।  नेपाल विद्युत प्राधिरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले

पूरा पढ्नुहोस्

Bureau Menus