सिरहामा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते
न्यूज ब्यूरो | सिरहा, १५ असार । सिरहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ घुर्मी बजारमा सबारी दुर्घटना हुदाँ दुईजना घाइते भएको हो । शुक्रबार बेलुकी करिब ७ बजे पुर्वबाट पश्चिम जाँदै गरेको स. ६ प. ९१३८ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको स

२०७५ असार १५ शुक्रबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १५ असार । सिरहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ घुर्मी बजारमा सबारी दुर्घटना हुदाँ दुईजना घाइते भएको हो ।
शुक्रबार बेलुकी करिब ७ बजे पुर्वबाट पश्चिम जाँदै गरेको स. ६ प. ९१३८ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साईकललाई टक्कर दिँदा उक्त साइकलमा सवार दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा साईकल चालक मिर्चैया ९ भगवानपुरका ६० वर्षीय उत्तिमलाल महतो र पछाडी सबार सोही वडाकै ढोढनाका ५० वर्षीय ज्ञानी महरा रहेका छन् ।
घाइते दुवैलाई स्थानीय अस्पतालमा उपचार भईरहेको ब्यूरो सहकर्मी बिटु सिंहले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखिएको ईप्रका मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…