मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ
हाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउदै विभिन्न बिकास निर्माणको टेन्डर , सेनेटरी प्याड ,औसधि खरिदको टेन्डर ,न्यानो झोला खरिदको टेन्डर,विभिन्न उपकरन खरिद को टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ।

२०८१ माघ २३ बुधबार, बेलुकी ७:२५ बजे२ मिनेट पढाइ

संजय सहनी, रौतहट । रौतहट ईशनाथ नपाको निमित्त प्रमुख प्रशाकिय अधिकृत नन्द किशोर गुप्ता कार्यभार सम्हाले देखि नगरपालिकालाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै स्थानीय स्तरमा आलोचना सुरु भएको छ।
शिक्षा संयोजक गुप्ताले निमित्त पाएपछि नै नगरपालिकामा बिकास हुनुको सट्टा बिनाशको बाटोले गति लिएको स्थानीयहरुको भनाई छ।
पटक -पट्क भ्रष्टाचारको आरोपमा अख्तियार देखि विशेष अदालत धाई सकेका गुप्ता पछिल्लो समय पुरानै रफ्तारमा आफ्नो कमाउ धन्दालाई द्रुत गतिमा अगाडि बढाएको सोहि नपाको एक वडा अध्यक्षले नाम न छाप्ने शर्तमा बताउनु भएको छ ।
आफु संघिय मन्त्रीको जात भएको तथा उनलाई फकाउन र रिझाउन आफ्नो लागि सामान्य बिषय रहेको दाबी गर्दै आएको हाकिम गुप्तालाई सतापक्षका एक रौतहटटेली नेताको आशीर्वाद रहेकोले भ्रष्टाचारको खेललाई द्रुत गतिमा अगाडि बढाएको स्रोतको दाबी छ।
हाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउदै विभिन्न बिकास निर्माणको टेन्डर , सेनेटरी प्याड ,औसधि खरिदको टेन्डर ,न्यानो झोला खरिदको टेन्डर,विभिन्न उपकरन खरिद को टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ।
खरिद कार्यको लागि टुक्राटुक्रा १० लाख सम्मको काम रौतहटका नामुद ब्यपारिलाइ दिएर ५० देखि ६० प्रतिशत रकम उठाइ रहेको लेखामा कार्यरत एक कर्मचारीले बताएका छन ।
अर्को तिर हाकिम गुप्ताले ईन्धन ,सामाजिक बिकासको रकम देखि विभिन्न योजना संचालनका लागि ३० देखि ५० प्रतिशत कमिशन असुल्न व्यस्त रहेको कुरा विभिन्न पत्रपत्रीका र रौतहटको बजारमा चर्चा छ। वास्तविकता के हो ? यस विषयमा तुरुन्तै छानबिन गरि दुधको (दुध पानीको पानी गर्न स्थानीयले माग गरेको छ।
स्थानीयले निःस्वार्थ रुपमा जनताको सेवा गरि जनता माझ निकै लोकप्रीय नेता बन्न सफल सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बदनाम हुने काम गरिरहेका निमित्त हाकिम गुप्ताको जिम्मेवारी खोसेर तुरुन्तै जनतालाई सुशासन ,बिकासको प्रत्याभुति दिने खालको ब्यक्तिलाई जिम्मेवारी दिनुपर्ने माग उठाएका छन् ।
मन्त्री गुप्ताले हाकिम बनाएका नन्दकिशोर गुप्ताले मन्त्री र मन्त्री कै भाई सन्तोष गुप्ता ,स्वकिय शिब पटेल र रौतहटको एक नेतालाई आर्थिक लाभ प्रदानका लागि बाध्य भई गोप्य टेन्डर देखि विभिन्न सप्लायर्सको काम गर्ने गरेको कुरा सामाजिक सन्जालमा छाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…