जनकपुरको एजुकेशन प्वान्ट स्कूलको बस दुर्घटना, ४ विद्यार्थी घाईते 

२०८१ माघ १६ बुधबार
बिहान ०९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको एजुकेशन प्वान्ट स्कूलको बस दुर्घटनामा परेको छ । 

विद्यार्थी ल्याउन जनकपुरबाट धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टि तर्फ जाँदै गरेको स्कूल दुर्घटनामा परेको हो । 

आज विहान विद्यार्थी लिनको लागि जाँदै गरेको बस हुस्सुको कारण दुर्घटना भएको बताईएको छ । तारापट्टि र ठेराकोबीचमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार सो दुर्घटनामा ४ विद्यार्थी घाईते भएका छन् । एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकी तीनलाई चोटपटक लागेको छ । 

बस चालकले बाक्लो हुस्सुमा पनि ओभर स्पीड चलाएपछि बाटो नदेखेर खेतमा पल्टिएको स्थानीयहरुको प्रतिक्रिया थियो । विद्यार्थीहरुलाई जनकपुरको अस्पतालमा उपचार भईरहेको छ । 
 

  • 2%
  • 2%
  • 2%
  • 2%
  • 80%
  • 7%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८१ माघ १६ बुधबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus