जनकपुरमा मन्त्री र खानेपानीको सरकारी गाडी ठोक्किए, स्वास्थ्यमन्त्रीसहित तीन घाईते
पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले गाडीले ठक्कर दिएको डिएसपी सिंहले बताए । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

२०८१ माघ ८ मंगलबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित दुई सरकारी गाडी ठोक्किएको छ । जसमध्ये एक मधेश प्रदेशका स्वास्थ्य मन्त्रीको रहेको छ ।
जनकपुरको रामानन्दचोकमा सोमबार बेलुकी भएको दुर्घटनामा परी मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाईते भएका छन् ।
मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको उनका स्वकीय सचिव रोशन कुशवाहाले जानकारी दिए ।
मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले गाडीले ठक्कर दिएको डिएसपी सिंहले बताए ।
दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…